Gajalharu
गजल–१
देश र जनताको नारामात्र, खेल सत्ताको हो
सहमती र बहुमत गफै त हो मुद्दा भत्ताको हो
निमुखा र गरिवीमा पिल्सिएकालाई के गणतन्त्र
सवाल त गास, बास र जीउ ढाक्ने लत्ताको हो
दिनहु“का तारे होटलका, वार्ता अनि भेट
देशको धनमा आ“खा गाड्ने दुष्ट जत्थाको हो
नेता के नेता हुन् ? विदेशीका गुलाम पो त
बोली इनका तर आदेश दिल्ली–कलकत्ताको हो
दुई सय पा“च लुट्थे पहिले छ सय एक भए अचेल
भित्रि गुदी सबै उही फरक केबल गत्ताको हो
गजल–२
दोष जति सार्न जानेछौ बधाइ छ तिमीलाई
आफ्ना लाई टान जानेछौ बधाइ छ तिमीलाई
सफलता जति आफ्नो नाउमा खोट अरुकामा
खाल्डो भित्र पार्न जानेछौ बधाइ छ तिमीलाई
यो संसारमा बाँच्ने भयौ खोस्न जानेपछि
अर्का अंश मार्न जानेछौ बधाइ छ तिमीलाई
मतलब हुँदा सम्म पुज्ने त्यसपछि खैः को हो ?
गर्या बाचा हार्न जानेछौ बधाइ छ तिमीलाई
जस्ले पनि खेद्ने रैछ ओरालोको मृगलाई
छाँगाबाट झार्न जानेछौ बधाइ छ तिमीलाई
गजल–३
छ्यापछ्याप्ती भेटिने हजारमा खोजीछौ
बिकाउ हुँ र मलाई तिम्ले बजारमा खोजी छौ
हृदयमा हेरेको भए भेटिन्थे होला सायद
विज्ञापन म कहाँ हुँ र ? अखबारमा खोजीछौ
आकाश छानो सम्झी हिँड्ने म जस्तो दिवानालाई
आलिशान ति शहरका दरबारमा खोजीछौ
तिम्रो साथ छुटेपछि सन्यासी झैँ भएको छु
संसारीहरु बस्ने घरबारमा खोजी छौ
टुटी सकें प्रीय म त तिम्रो चोटहरु खेपी
त्यसै तिम्ले मलाई आफ्नो ललकारमा खोजीछौ
(सु.प. गजल मञ्चको कार्यक्रम स्थलमा रचना गरेको २०६४।०५।२९)
गजल–४
ओझेल थियौ आँखाबाट सपनीमा देखियौ
नमेटिने गरी फेरी यो हृदयमा लेखियौ
लामो विगतलाई विर्सी सामुपर्दा तर्किन्थ्यौ
भाग्यले नै होला सायद दोबाटोमा भेटियौ
पुरानालाई थोत्रो सम्झी यादवाट फाल्यौ सायद
तर तिनकै झ–झल्कोले पलपलमा रेटियौ
जीन्दगीको गोरेटोमा पछारौंला सोचेकी थ्यौ
बरु आफ्नै साथी बी तिमी आफै मेटियौ
साथ दिउँला सोचेको थेँ सारा जीवन भरिलाई
खै कुन पापीको आँखा लाग्यो यात्रा बीचमै नेटियौ
गजल–५
तिम्रै लागि भनेर नै हजार खुशी साँचेकोथेँ
भीडमाझ एक्लो जीवन रहरैले बाँचेको थेँ
सहज थेनन् एक्लै हिड्नु उकाली र ओरालीमा
समयले नाएको कम्मर मर्काइ नाचेको थेँ
मलाई तिम्ले नकारेको नबुझेको होइन मैले
उस्तै छौ कि फेरिएछौ पटक–पटक जाँचेको थेँ
सपना सरि मिठो थे‘न सँधै भरि वास्तविकता
त्यसैले त नशा पिई कहिले काहिं मातेको थेँ
पिरतीका घाउबाट वाक्क भइ भाग्न खोज्दा
अमिलो छ अंगुर भन्ने फ्याउरासँग दाँजेको थेँ
गजल–६
सुन्दर, शान्त नेपालको नौलो सपना देख तिमी
जनमुखी संविधानको नयाँ खाका लेख तिमी
विदेशीको कुचक्रमा देश गोल भया बेला
वैरीको त्यो देश ताक्ने गिद्दे आँखा छेक तिमी
विर्सि सारा साना घेरा विचार र सिद्धान्तका
देशलाई उठाउने नयाँ पाइला टेक तिमी
नेपाल आमा धेरै रोइन, धेरै बगे आँशुहरु
ओसाएका ति नयनलाई आशा दिइ सेक तिमी
समाजका उत्थान छेक्ने पुराना ति रुढी होलान्
उखेलेर जरै देखि ति सबै फेक तिमी
गजल–७
क्रान्तिले व्यूँताएका आश थुप्रै थिए
त्यसकै लागि होमिएका लाश थुप्रै थिए
ओर्ले सबै भोका नाङ्गा परिवर्तनका लागि
निमुखाबाट खोसिएका गास थुपै्र थिए
सुनसान थिए पाखाहरु विराना वस्तीहरु
मान्छे विना उजाडिएका आबास थुप्रै थिए
जीउन गाह्रो भाथ्यो यहाँ निमुखा जनतालाई
मरिन्छ कि भन्ने मनमा त्रास थुप्रै थिए
आइनछौ शान्ति तिमी यो नेपाली माटोमा
स्वागत गर्न फुल्ने यहाँ गुराँस थुप्रै थिए
गजल–८
जीन्दगीमा धेरै पल्ट हण्डर मैले खाएँ
पराइलाई विश्वास ग¥या स्वाद बल्ल पाएँ
मनका पीर व्यथा सबले छाती थिच्न खोज्दा
साथ पाउने झिनो आशमा एक्लो प्रीत लाएँ
झट्ट हेर्दा मुस्काई दिन्थ्यौ तिमी दिलै खोली
त्यसैलाई प्रिती सोचेँ त्यसकै पछि धाएँ
आत्मीयता सम्झी हाँस्यौ प्रीत सम्झेँ मैले
त्यै प्रीतका कुरा माथि दुईचार गजल गाएँ
दोष छैन तिम्रो केही गल्ती मेरै हो नि
अन्त कतै जानु पर्ने तिम्रै छेउमा आएँ
अड्बाङ्गो छु मै पनि त्यस्तै मेरो प्रीत
मृगतृष्णा बोकी व्यर्थै लोभी नजर मिलाएँ
नभेटिने जान्दा जान्दै नदीका द्वी किनारा
तिम्रो मन नबुझेरै तिम्रा हात समाएँ
गजल–९
तिम्रै मुस्कान हेरि आज जिन्दगीको भर लाग्यो
त्यसकै निम्ति भए पनि अझै जीउने कर लाग्यो
अँगाल्न त मन थियो सधैं भरि तिमीलाई
भ्रमर चुम्बनसँगै शिरीष ओइली जाने डर लाग्यो
सोचेँ संलै पारौं भनि तिम्रो मेरो बिचको नाता
वर्षा यामको भेल भयो खै कस्को नजर लाग्या ?
पर्खाल सरी उभिएका समाजका नियम होलान्
पुराना ती रुढी तोड्ने उरण्ठ्याउलो रहर लाग्यो
मृगतृष्णा सरी तिम्रो कल्पनामा हराएछु
उजाड लागे वस्ती सारा विरानो सहर लाग्यो
गजल–१०
नमरी बाँचे कालले साँचे मै फर्कि आउँला
सन्तोष गरी साग र ढिँडो साथैमा खाउँला
पिरती लाको झुठो नठान जाली हौ नभन
आएर सँगै मेला र पात खेताला जाउँला
तिर्मुछ ऋण कहरै काटी खाडिमै बसेर
भाग्यले साथ दिएमा नयाँ घर सजाउँला
ऋणको भारी तिर्नमा सके गाउँमै बसेर
श्रम र शीप त्यहीँ बगाइ सुकिलो लाउँला
के गर्नु प्रिया कर्ममै हाम्रो छुट्टिनु रहेछ
अर्को जुनीमा साथैमा बसी पिरती गाउँला
गजल –११
कसैको नि पछि लाग्दै हिंड्ने ग¥या छैन
तागत त यी पाखुरीमा, कुँजो प¥या छैन
जीउँदै छ नि अझै पनि म भित्रको मान्छे
सुत्या थियो होला तर अहिल्यै म¥या छैन
एक्लै पनि हिंड्न सक्छु जिन्दगीको गोरेटोमा
म भित्रको पौरुष पनि अझै ड¥या छैन
सपना नै भए पनि ठूलै देख्ने गछु अचेल
साँचेकै छु जोस र जाँगर, चाह झर्या छैन
तिम्लाई भेट्ने रहर भए आउनु उही दोबाटोमा
त्यतै छु म आजभोलि डेरा सर्या छैन
गजल–१२
धेरै पछि तिमीलाई सपनिमा देखें मैले
त्यसैले त मनका भाव गजल बनाइ लेखें मैले
टाढैबाट नियाले थेँ तिमीलाई सपनिमा
सामुवाटै जान खोज्यौ हात्ले बाटो छेकें मैले
रौषिएर नजर उठाइ तिम्ले जब हेर्यौ मलाई
कायल भइ तिम्रो अघि निर्दोष घुँडा टेकें मैले
सपनीमै प्रेमको प्रस्ताव तिम्रो सामु अलापेछु
धप्प बल्यो तिम्रो मुहार मुटु त्यसैमा सेकें मैले
लजाएछौ तिमी केही केही मनमा डर देखें
त्यसैमाथि पौरुषका दुईचार गफ फेकें मैले
अल्मल्याउने उत्तर दियौ अन्कनाउँदै हतार गरि
त्यत्तिकैमा आँखा खुल्यो आफू एक्लो भेटें मैले
सपनीको प्रमे कथा अधुरै भो विपनी झैं
यस्तै सपनाकै भरमा आफ्ना खुशी रेटें मैले
गजल –१३
बैमानिको दुनियाँमा इमान खोज्ने भुल भएछ
जाल झेलको वस्तिमा सिधा इन्सान खोज्ने भुल भएछ
विर्सिएछौ इमान्दारी र बाचा बन्धन निभाउन नै
मानवता मरेकामा वफाको निसान खोज्ने भुल भएछ
हरेक सम्बन्धलाई पैसामा तौल्न जानेका
खोक्रा अस्थिपञ्जरमा ईश्वरको सन्तान खोज्ने भुल भएछ
कर्तव्य निष्ठ भन्दा पनि चाकडीबाजलाई ठूलो ठान्ने
कसैमा मानिस चिन्ने पारख र ज्ञान खोज्ने भुल भएछ
कदर हुँदैन जहाँ कर्तव्यका लागि मरि मेट्नेको
जान्दा जान्दै पनि त्यहाँ पहिचान खोज्ने भुल भएछ
गजल–१४
तिम्रा आँशु खसाल्ने अधिकार नहोला मलाई
सायद तिनका भावले पनि न छोला मलाई
तर ति आँशु पुछ्ने मौका त दिन सक्छ्यौ
भूल सुधार्ने यत्ति हक त होला मलाई
सायद यी कृतघ्न हातले तिम्रा नयन अनि
पवित्र आँशु पुछ्दाको निकटताले त छोला मलाई
तिम्रो चित्त दुखाएको अनि आँशु बगाएको
ग्लानी र अपराध बोधले त नपोल्ला मलाई
विन्ति छ तोडिदेउ यो शून्यताको साँध
भले न मिट्ला मेरो पाप नधोला मलाई
गजल –१५
तिम्रो परेलीमा कतै लुक्न पाए हुन्थ्यो नि
माया दिँदा दिँदै तिम्लाई सुक्न पाए हुन्थ्यो नि
गल्तीले पो ठोक्किएछौ हिंड्दै गर्दा दोबाटोमा
यसैगरी गोडा सँधै चुक्न पाए हुन्थ्यो नि
झुके सरी तिम्रा केश सँधै तिम्रो लाज माथि
मै पनि त त्यसै गरि झुक्न पाए हुन्थ्यो नि
कति छिटै वित्दो रै‘छ साथै विताएका पल
तिमी सामु हुँदा युगै रुक्न पाए हुन्थ्यो नि
प्रतिक्षा नि सँधै भरी नौलो आशा दिने गर्छ
तबै तिम्रो बाटो सँधै ढुक्न पाए हुन्थ्यो नि
गजल –१६
शान्ति सित बाँच्न पाउने धोको त्यसै हुने भो
दशैलाई भनि ल्याको बोको त्यसै हुने भो
सात साल आयो राजा‘लागि छयालिस नेता‘ लागि
गरिबको काँधको भारि, डोको त्यसै हुने भो
अहिले पनि परिवर्तनले ल्याएको अस्थिरताले
रैति भरको ऋणको तिर्ने पोको त्यसै हुने भो
सहिदको सपना अनि नेपालीको चाहना
वषौं सम्म नेपाल आमा रोको त्यसै हुने भो
परिवर्तनले सत्ता फे¥यो छोएनछ गाउँ–घर
गासको आशै आशमा बस्ने भोको त्यसै हुने भो
गणतन्त्रको गाणे तन्त्र पनि अब देखियो
बाह्र वर्ष सम्म आखाँ दो‘को त्यसै हुने भो
गजल–१७
मेची काली जब एक भए
अन्यायी सब जेल गए
तानाशाही पनि टिक्न सकेन
जब सब जनता सचेत रहे
देशको मुहार फेर्नलाई
सबले ठूलो कहर सहे
अत्याचारी रहँदा सम्म
लाखौंको नीर खुब बहे
अन्याय रहन्थ्यो कब तक
जब सहने जनता नै नभए
गजल–१८
तिम्लाई देखसम्म मात्रै बाँच्या आभास हुन थाल्यो
बिछोडिँदा तिमीबाट जीवन उदास हुन थाल्यो
भौँतारिन्छु सधैं भरि तिम्रो झल्को पाउनलाई
तिमी साथ हुँदा हरपल मधुमास हुन थाल्यो
तिम्रै सामीप्यले सारा साथीभाइ टाढा भए
त्यसैले त आज आफ्नै आँगन प्रवास हुन थाल्यो
हरेक साँझ नडुब्दै घाम सोमरस खोजी अिन
फर्कि आउँदा जहाँ राति त्यहीं आवास हुन थाल्यो
तिमी छँदा खुशी थियो तिमी छैनौ खुशी छैन
खुशी नै नभएपछि जीवन वनवास हुन थाल्यो
गजल–१९
तिमीमा सरलता पाएँ र त माया लाएँ
अति नै सहजता पाएँ र त माया लाएँ
तिमीलाई नजिक देख्दा आफ्नै हौ कि ठाने
निश्चल सहृदयता पाएँ र त माया लाएँ
साथी सम्झी तिमीलाई मनको पीर विसाएँ
म प्रतिको सहिष्णुता पाएँ र त माया लाएँ
तिम्रो सौन्दर्यले लोभ्यायो अनि त्यसैमा हराएँ
चन्द्रको झैँ सौम्यता पाएँ र त माया लाएँ
तिम्रै लागि जीउने मर्ने मिठो सपना सजाएँ
हितैषीको आत्मीयता पाएँ र त माया लाएँ
गजल–२०
सधैं भरि तिम्रो पछि लाग्ने छैन अब
झर्दो तारा सित तिमी माग्ने छैन अब
धेरै धाए तिम्रा लागि देउराली र पाखा
तिम्रो लागि देवी–द्यौता भाक्ने छैन अब
धेरै गरे तिमीलाई पाउन तिम्रो सानो झल्को हेर्न
तिम्लाई भेट्ने तिम्रो घरको पर्खाल नाघ्ने छैन अब
मेरो माया नमेटिने मृगतृष्णा सरि भयो
तिमी प्रति मनमा माया जाग्ने छैन अब
साथ हुँदा सहज होला सोच्थँे जीवनयात्रा
एक्लै हिंड्दा पनि पाइला थाक्ने छैन अब
गजल–२१
वर्षौं रोएका ति आँखा ओभाउन देउ
वुद्धको यो देशमा शान्ति सोभाउन देउ
हिमाल अनि पहाड–तराइ प्रकृतिले टम्मै
यिनकै सौन्दर्यले सबलाई लोभाउन देउ
अझै कति रुवाउँछौ नेपाल आमालाई
जति छन् ति आँशु बाँकि जोगाउन देउ
धेरै सुनिए विष्फोटन र विध्वंशका स्वरहरु
सृजनाका गीत अब लौ गाउन देउ
सकिसके विदेशीले भूमी–नीति सबैलाई
बचेको सार्वभौमिकता बचाउन देउ
गजल–२२
खोजी हिँड्दा माया लाउने जत्ति पनि पाइँदो रै‘छ
लाखौंहरुको जमातमा साथि एउटै चाइँदो रै‘छ
भन्थे माया चोखो हुन्छ पुग्छ बुझ्ने मन भए
तर आज भोलि माया पैसा हेरी लाइँदो रै‘छ
चोखो माया चोखो प्रिती लेखाइमै रहे अब
धनकै लागि जाली माया अचेल रचाइँदो रै‘छ
आज भोलि सच्चा माया दिन खोजे कतै
तिरस्कार र मनै मार्ने धोका मात्र खाइँदो रै‘छ
नभएमा हेर साथी खल्ती गरम छाला नरम
माया लाउनु परै जाओस हाँस्न नि नपाइँदो रै‘छ
गजल –२३
कहिले काहिँ भेट हुँदा हासि दिए हुन्न र ?
युगौँ बाच्ने अमर माया गाँसि दिए हुन्न र ?
कति सम्म खालि राख्छ्यौ हृदयका पानाहरु
ति पानामा मेरै फोटो टाँसि दिए हुन्न र ?
मन चोर्ने ति आँखाहरु होशै हर्ने मुस्कान तिम्रा
माया दिइ मेरो जीवन उकासी दिए हुन्न र ?
चोखो माया दिउँला तिम्लाई सारा खुशी दिउँला
पराई खोजी अन्तै माया नगाँसी दिए हुन्न र ?
थाकीसके एक्लो हिड्ने लक्ष्यहीन यी पाइला पनि
एक्लोपना यो जीवनको नासी दिए हुन्न र ?
गजल–२४
प्रियसीका यादहरु ज्यानै लिने पाशो रै‘छ
मनै चोर्ने मुस्कान उस्का वैरीको झैँ हाँसो रै‘छ
जीवनको गोरेटोमा सँगै यात्रा गरौँ भन्दा
प्रगतिको पथमा लाग भन्ने नै गुनासो रै‘छ
पिरतीमा जीउने मर्ने बाचा कसम गरौं भन्दा
उसका लागि माया प्रिती आवाराको चाँसो रैछ
छुट्ने छैन मनको तृष्णा तिम्रो सामिप्यको
रुघा सोच्यौ दुई दिने लहरे यो काँसो रै‘छ
तिम्रो माया यैजुनीमै बाँचुञ्जेल पाउँला ठाने
मेरो भनि सोच्या माया परायीकै नासो रै‘छ
गजल–२५
निर्दोष हुँदा हुदै लाएको दोषले मात्रै के गर्नु ?
हुने नहुने भैसके पछिको होसले मात्रै के गर्नु ?
उमेर छँदा बैंस छँदा त्यसै मातिएर काटेँबैंस
सकिए पछिको बाँकी जोशले मात्रै के गर्नु ?
वर्षैं सम्म मनमा जेथ्यो आज त्यहि पोख्नु छ
माया लाउन नजान्नेको रोषले मात्रै के गर्नु ?
तिमीबाट अलग्गिँदा–अलग्गिएँ आफैबाटअब
तिमी विनाको रित्तो आगोशले मात्रै के गर्नु ?
विर्सिदिउँला तिमीलाई तिम्रा सारा यादलाई
हिरा सोच्थेँ, प्रभातको ओशले मात्र के गर्नु ?
गजल–२६
जीत भनि सोचे मैले त्यही मेरो हार भएछ
प्रियसीलाई सम्झी बस्नु आज मनको भार भएछ
फूल छोडी तिमीलाई रोजे मैले काँडै–काँडा
तिम्रो बाटो वर्षौं कुर्नु पर्खनु बेकार भएछ
आउन खाजेज्यौ सायद तिमी पर्खी बस्दा दोबाटोमा
चोखो माया नबुझी दिने पापाी समाज बार भएछ
चौतारीमा वरपीपलको छायाँ जस्तै तिम्रो माया
यस्तै यस्तै कल्पनु र सोच्नु निस्सार भएछ
तिम्रो भलो चाहनु नै सायद मेरो भुल भयो
मैले दे‘को फूल तिम्लाई काँडाको प्रहार भएछ
धाउन खोजेँ तिम्रो घर तिम्रो शहर तिम्रो गल्ली
पस्न खोज्दा तिम्रो दैलो बैरी काँडे तार भएछ
पत्थर पनि पग्लँदोहो पग्लिएनौ तिमी कत्ति
तिम्रो माया पाउने बाटो खुकुरीको धार भएछ
गजल –२७
समाएर यी हात छोडेर लाग्यौ
विपद् कालमा साथ तोडेर लाग्यौ
प्रथम भेट मै नै म लठ्ठै भएथेँ
अबेरै भएनी जगाएर लाग्यौ
म आफ्नो कहन्थेँ पराइ रहिछौ
बचन् बाण तिखा सुनाएर लाग्यौ
शहारा भनेको एकै आश मेरो
तिमीले त आशै बढारेर लाग्यौ
बसेकी मनैमा तिमी नै तिमी थ्यौ
बसेको बसाइ उजाडेर लाग्यौ
गजल–२८
जता ततै हत्या हिंसा खै कहाँ शान्ति छ अचेल
अधिनायकवादीलाई गलहत्याउन चर्केको क्रान्ति छ अचेल
बन्दुकका नालका भरमा सत्यका यी स्वरहरुलाई
दबाउन सकिन्छ कि भन्ने यही एउटा भ्रान्ति छ अचेल
अहिले सम्म असहायलाई कज्याइ खाने व्यक्ति सब्मा
दिनमा बेचैनी त रातमा अशान्ति छ अचेल
सधैं भरि शोषित र प्रताडितहरुमा
परिवर्तनको यो लहरले ल्याएको कान्ति छ अचेल
गजल–२९
जसले जे गरे पनि यहाँ छुट छ अचेल
जताततै काटमार र मौलाएको लुट छ अचेल
कसलाई पो फुर्सद छ र देशको निम्ति सोच्ने
देशभक्तिको मुकुण्डोमा लुकेको अर्कै झुट छ अचेल
देशले एकताको प्रयास खोजीरहेकै बेला
जताततै विखण्डन र आपसी फुट छ अचेल
आफ्नै संकिर्ण विचार र वादमा अल्झँदा
एकै विचार बोकेकामा पनि आ–आफ्नै गुट छ अचेल
जनताको नोकरले पनि मालिक हुँ भन्ने सोच्दा
जनताकै गालीले जनतालाई नै भुट्छ अचेल
सम्मान त चाकरी गर्नेका पोल्टामा
निश्पक्ष भइ बोल्नेलाई त सैनिकको बुट छ अचेल ।
गजल–३०
अबुझ यो दुनियाँका बातका कुरा के गर्नु ?
आज आफ्नै हितैषीका घातका कुरा के गर्नु ?
छाडि जाने प्रीयसीका सम्झनामा हराएर
एक्लै बिताएका चिसा रातका कुरा के गर्नु ?
उनी छँदा पो बहार थियो यो जीवनमा
उनी नै नहुँदाको वर्षातको कुरा के गर्नु ?
उसै त गन्तव्यहीन सारहीन पनि भयो
तिम्रै हुँ भन्नेले दिएका आघातका कुरा के गर्नु ?
जीवनभर एउटा चोखो साथ त पाउन सकिन भने
हरेक दिन जिन्दगीले दिने मातका कुरा कु गर्नु ?
गजल–३१
आफ्नै स्वार्थ मात्र नभै अन्त सोच सारेर त हेर
जित्नु मात्र होइन जीवन कहिले काहिं हारेर त हेर
कति गर्छौ क्रान्ति र आन्दोलनका कुरा मात्रै
कहिले काहिं शान्तिका अंकुर उमारेर त हेर
सधैं आफ्नै अडानमा जिउन मात्र जानेकाहरु
आज एकछिन् आफ्नो अडान टारेर त हेर
शान्तिका ठूला–ठूला भाषण गर्नेहरु
एकपटक आफ्नै अन्तरमनलाई पुकारेर त हेर
कतै नव नेपालको निर्माण भै पो हाल्छ कि ?
आफ्ना मनका क्लेषलाई बढारेर त हेर
हे वुद्धका भूमीमा रक्तपात मच्चाउने हो
अब एकछिन एक–आपसमा प्रेम बाँडेर त हेर
गजल–३२
तिम्लाई माया गर्नु मेरो निकै ठूलो भूल भयो
मेरो माया तिम्रा लागि पैतलाको धुल भयो
तिम्रै साथमा जीवन जीउने सपना सजाएथेँ
तर तिम्रो माया केवल मुटुमा गडेको शूल भयो
जब देखि तिमीसँग स्वप्न नगरमा हराउन चाहेँ
मैले गरेका हरेक बातहरु झगडाको मूल भयो
जिन्दगीका हरेक मोडमा तिमीबाट उपेक्षित रहेँ
क्षणभरको साथ आँखिर ओइली जाने फूल भयो
गजल–३३
कति हाँसु म खै विरह चलेको बेला
हिन्दा हिन्दै जीवन पथमा पाइला गलेको बेला
वाक्क लाग्दो भइसकेछ जीन्दगी नै अब
कसरी सम्हालुँ आफैलाई मुटु जलेको बेला
सपना त सजाएथेँ तिमीसँग रहँदा बस्दा
तर कसरी सँगालु आफ्नै विश्वास ढलेको बेला
साथी मात्रै होइन जीवन साथी भनि रोजेथेँ
के भन्नु र खै मैले प्रेम प्रस्ताब टलेको बेला
गजल–३४
व्यथा मनको भुलाउनलाई पिएर नि हेरेँ
फाटो मेट्न सम्बन्धका सिएर नि हेरेँ
गुम्सीएका व्यथाहरु कथा बनाइ लेखें
बेहोसीमै र(ह)न नशा लिएर नि हेरेँ
प्रियासँग विताएका पलहरुलाई सम्झी
आज विर्सि विगतमै जिएर नि हेरेँ
मधुर् थियो मुस्कान् उन्को कोमलै थ्योे मन
त्यै मुस्कान र मन्लाई मुटु दिएर नि हेरेँ
गजल–३५
तिम्रै यादमा आफैलाई हराइदिउँ कि म ?
पर्खाइमै जीवन सारा विताइ दिउँ कि म ?
सधैं सधैं तिम्रो याद आइरहन्छ झलझली
तिम्रै यादमा आँशु सारा बहाइ दिउँ कि म ?
रातदिन तिम्रै सम्झनामा हराएको हुन्छु
सबैलाई मेरी हौ भनि चिनाइ दिउँ कि म ?
तिम्रो मायामा पागल सरि डुलिरहेको छु
तिमीलाई नि मझै घायल बनाइदिउँ कि म ?
दिन काट्छु तस्वीर हेरी रात सपनीमा
जीवनसारा तिम्रै यादमा चढाइदिउँ कि म ?
गजल–३६
निठुरीको माया अब मेरा लागि जहर भयो
प्रेमको सुगम बाटो पनि दुःखै दुःखको नहर भयो
तिम्रो निकटता र सँगसँगै विताएका ती क्षणहरु
केवल अब सम्झनाका तिता मिठा प्रहर भयो
मैले भने सारा जीवन तिम्रै लागि सुम्पन खोजेँ
तर तिम्रा लागि माया उमेरको एउटा लहर भयो
माया त गर्न सकेनौ तिम्ले बोल्नै पनि छाड्यौ
अबतिम्रो माया पाउनु पनि बाँचुञ्जेलकै रहर भयो
आफ्नो भनि सम्झेको नै आफ्नो नभए पछि
विरानो भयो सारा जगत विरानो यो शहर भयो
गजल –३७
बाँच्ने चहाना छँदा पनि मर्नपर्ने, यो कस्तो जिन्दगी ?
फुल्ने रहर रहँदा रहँदै झर्नपर्ने, यो कस्तो जिन्दगी ?
श्मशानमा छाएको निरवता पछिको कोलाहल झैँ
सुःख सँगसँगै दुःख पनि भोग्नपर्ने, यो कस्तो जिन्दगी ?
निर्धन र सज्जनहरु अस्तित्वहीन भए जस्तो
चोरी, ठगी जे गरेर नि धनाढ्यै हुनपर्ने, यो कस्तो जिन्दगी ?
अनेक परिभाषा दिए पनि हुने अर्थहीन जस्तो
हरेक पलसँग सम्झौता गर्नपर्ने, यो कस्तो जिन्दगी ?
गजल–३८
रातभर तिम्लाई सम्झी रोइरहेँ त्यसैत्यसै
आँशुले म तिम्रा तस्वीर धोइरहेँ त्यसैत्यसै
कल्पिबसेँ तिमीसँग विदाएका पलहरुलाई
अतितका मिठा यादहरु सम्झीरहेँ त्यसैत्यसै
विगतका ति निष्ठुरतम दिनहरुलाई सम्झी
एक्लै बसी आँखाहरु दोइरहेँ त्यसैत्यसै
भविष्यमा हुने सुमधुर मिलनको आशमा
आफ्ना जीवनका पलहरु फोइरहेँ त्यसैत्यसै
गजल–३९
नववर्ष नयाँ सालको शुभकामना साथी
उत्तरोत्तर प्रगतिको शुभकामना साथी
तिम्रा पगपगमा सधैं प्रगतिले चुमुन्
भविष्यमा उन्नतीको शुभकामना साथी
तिम्रा हरेक इच्छाहरु ईश्वरैले सुनुन्
सुख अनि सम्बृद्धिको शुभकामना साथी
तिम्रो जीवन शान्त अनि सुखपुर्ण होओस्
ितमीलाई यो दुःखीको शुभकामना साथी
गजल–४०
चन्द्रमाको शितलता जस्तो केही यस्तै तिम्रो माया
प्यासीको व्याकुलता जस्तो केही यस्तै तिम्रो माया
लामो खोजपछिको आविष्कार जस्तो केही यस्तै,
संगितको मधुरता जस्तो केही यस्तै तिम्रो माया
एकान्तको शून्यता जस्तो केही यस्तै यस्तै,
प्रकृतिको सुन्दरता जस्तो केही यस्तै तिम्रो माया
स्वच्छ आकासको स्वच्छता जस्तो केही यस्तै
संलो नदीको निर्मलता जस्तो केही यस्तै तिम्रो माया
सफलताको मिठास जस्तो केही यस्तै केही यस्तै
मिलनको व्यग्रता जस्तो केही यस्तै तिम्रो माया
वसन्तको न्यानोपन जस्तो केही यस्तै यस्तै,
जीवनसाथीको आत्मियता जस्तो केही यस्तै तिम्रो माया
सुदूर सन्देश वर्ष ४, अंक २४९ २०६१÷१२÷२४
गजल–४१
सुख साँच्नु भविष्यलाई कदर्यको चाल भयो
आज विते संचयमै जिन्दगी बेहाल भयो
मीठो खाने राम्रो लाउने सपनालाई काँठा पारी
साँच्थे सँधै धन तर सुर्ता अझै विशाल भयो
धन जोडे आफ्नै लागि अनि सारा आफन्तलाई
तर तिनकै वचन पनि मुटु झोस्ने मशाल भयो
सकिएनन् इच्छाहरु थपिएरै गए बरु
यो मन सँधै लालसाको कैदी सालौं साल भयो
छोडे सारा आफन्तले विर्सें शिष्टाचार जब
कहर काटी जोड्या धन आफ्नै लागि गाल भयो
गजल–४२
सानै चोट पर्दा पनि यो मन त्यसै रुन्छ किन ?
खुशीका साना त्यान्द्रा समाइ फुरुङ्गै हुन्छ किन ?
सफलताका छाया जस्ता जीवनका पलहरुमा
यस भित्रको अहं भावले सातौं आसमान छुन्छ किन ?
अरुको सुखको ईष्र्या अनि लोभले गर्दा
षड्यन्त्रका आफ्नै नौला तानाबाना बुन्छ किन ?
अरुका दर्द क्यै होइनन् आफ्नो सामुन्नेमा
झार्दै अजश्र आँशु बह आफ्नै धुन्छ किन ?
आफ्नै अहंले गर्दा गल्ली ढाक्दै जान्छ सँधै
अर्तिकै कुरा पनि गाली भनि सुन्छ किन ?
गजल–४३
तिम्रो माया तिम्रो स्नेह बुझिएन कैले पनि
एकलकाँटे जस्तै थियौ त्यस्तै त छै ऐले पनि
माया तिम्रो पाउनु आफ्नो हक सोच्थें सधैं म त
कस्ले रोक्थ्यो कस्ले छेक्थ्यो माया दिन जैले पनि
धेरै पटक पहल गरेँ तिम्रा ओठ्मा हाँसो छर्ने
मुस्कुराउँथ्यौ अनि उसै गम्किन्थ्यौ पैले पनि
थिए होलान् मेरा पनि धेरथोर दोषहरु
मान्छे नै हुँ गल्ति हुन्छ भनेकै हुँ मैले पनि
तिम्रा ईच्छा अपेक्षामा पानी फेर्नु दोष थियो
मेरा पनि रहर होलान् उमेर अलि वैले पनि
एक्लो ढिपी गरि तिम्रो माया खोज्नु भुल थियो
त्यसैले त भन्छु रमण भुलै गरिस तैले पनि !
गजल–४४
आदर्श जुनी जीउँछु भन्ने रहर थिए मेरा पनि
स्वप्न महल सजिएका शहर थिए मेरा पनि
खुट्टा तान्ने धेरै हुन्छन् स्वार्थी यो दुनियाँमा
सँधै सिधै सोच्ने स्वभाव जहर थिए मेरा पनि
संसार फेर्ने आश थियो फेरिएछु आफै म त
आफ्नै सिद्धान्त बोकि हिंड्या प्रहर थिए मेरा पनि
इच्ता थिए ठूला अनि चहानाका भेल थिए
गीत आफ्नै गजल आफ्नै बहर थिए मेरा पनि
पूर्ण त कस्को होला यो भव–सागरको जुनी
एक्लै आँशु झार्दै काट्या कहर थिए मेरा पनि
गजल –४५
दुःखै गरी दुई–चार वर्ष मैले पनि काट्नु रैछ
‘सञ्चै छु हौ’ भनि मेरा आफन्तलाई ढाँट्नु रैछ
आफ्ना रहर थाती राखी इच्छा बाँकि राखी
अनिँदा ती प्रहरसँग बैस साँट्नु रैछ
हातमुख जोर्न, छानो छाउन, लाज आफ्नो छोप्न
चाकडीमा मेरा साहुको पाउ चाट्नु रैछ
नमाने नि अन्तरमनले मैले ग¥या कुरा
आत्मा बेची आदर्शका बात छाँट्नु रैछ
उमेर छँदा दुःख खेप्नु, कहर काट्नु पनि
डोरी सरी दरो पार्न मन बाट्नु रैछ
गजल–४६
सयको मिहिनेतमा दिने दशको नोट !
तन्मा मात्रै होइन हजुर आत्मामा नि चोट !
मालिक छन् रे मेरा पनि मलाई सँधै हेर्ने,
दिन्छन् मेरै पैसा प¥या जडाउरी कोट !
खून खाने मालिक भन्छन्– मैले खाएँ नून,
अन्न खानु उनको भागमा रोप्नु मैले बोट ?
उनै मेरा अन्नदाता–कर्मदाता मान्नु मैले
उन्लाई आफ्नो नेता मानी मैले दिनु भोट ?
गजल–४७
तिम्रै लागि भनेर नै हजार खुशी साँचेको थें
भीडमाझ एक्लो जीवन रहरैले बाँचेको थें
सहज थेनन् एक्लै हिंड्नु उकाली र ओरालीमा
समयले नचाएको कम्मर मर्काइ नाचेको थें
मलाई तिम्ले नकारेको नबुझेको होइन मैले
उस्तै छौ कि फेरिएछौ पटक–पटक जाँचेको थें
सपना सरि मीठो थे‘न सँधै भरि वास्तविकता
त्यसैले त नशा पिई कहिले काहिं मातेको थें
पिरतीका घाउबाट वाक्क भइ भाग्न खोज्दा
अमिलो छ अंगुर भन्ने फ्याउरासँग दाँजेको थें
गजल–४८
अरु सामु आफ्ना मनका कुरा पोख्नु व्यर्थै रैछ
रुप रङ्ग हेरी यहाँ मान्छे जोख्नु व्यर्थै रैछनि
रन्तर चलिरहन्छ जीवन यहाँ कैले पनि
आउला मेरो पनि समय भनि रोक्नु व्यर्थै रैछ
कर्मले हो भाग्य खुल्ने पुरुषको पौरुषले
त्यसका लागि द्यौता भाक्नु, ढुङ्गा ढोग्नु व्यर्थै रैछ
खुशी पार्नु आफैलाई मात्रै हो रे दुनियाँमा
पराइका कुरा सुनी दुःख भोग्नु व्यर्थै रैछ
तयार हुनु जिन्दगीमा जस्तै–तस्तै जिउँला भनि
यस्तै हुन्छ भनि आउने आगत तोक्नु व्यर्थै रैछ
गजल–४९
तिम्रो त्यो आँशु खस्दा नरुने को छ र ?
मधुर मुस्कानको दिवाना नहुने को छ र ?
सातै जुनी साथ दिउँला, सत्य धरो धर्म
भनी किरिया खाँदा गंगा–पानी नछुने को छ र ?
मज्नु–राँझा, फरहाद र रोमियो सबै,तिम्रै
वियोगका आँशुले जीवन नधुने को छ र ?
अलिकति कृपापूर्ण नजरै पर्दा पनि
सपनाका गगनचुम्बी महल नबुन्ने को छ र ?
गजल –५०
रक्सी होइन यथार्थको मात बेग्लै छ
ओठ सिई बाँच्नेहरुको बात बेग्लै छ
अनगिन्ती छन् जिन्दगीमा पराइका घाउहरु
आफन्तैले देका चोटको खात बेग्लै छ
हौसला त के नै दिन्थे अघि बढ्नलाई
पछिबाट हिर्काएका लात बेग्लै छ
दिनसँगै सुरु हुन्छ सुख खोज्ने गोरखधन्दा
छट्पटिँदै एक्लै बित्या रात बेग्लै छ
गजल–५१
तल्ला घरे मुख्या, बाको छाँट हेर् त !
गरीब छलि खान, खोज्या आँट हेर त !
लिन्छन् अरे वर्षै पिच्छे ब्याज् देखि प्याज्
वषौं देखि तिन्ले, ग¥या ढाँट हेर् त !
सेवा भन्छन् उनी–खून चुस्नु अरु
खून चुसी बाँध्या, धनेको गाँठ हेर् त !
छैन रैछ कानुन बाधा उन्का लागि
नीति–नियम माथि, हान्या साँट हेर् त !
मोटाउँदोछन् उनी अझै उसै गरी
गरीब् भने अझ, पल्ट्या टाँट हेर् त !

Comments
Post a Comment