Posts

मातातीर्थ अाैँसी अनि अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’

Image
चिउँडाका दुई किनारामा गाढा बन्दै गरेका धर्साहरु, अझ स्पष्टहुँदै गरेका आँखाका डिलह, चश्मा चढेको अनि कहिल्यै नमेटिने हाँसो भएको आमाको मुहार हेरिसकेपछि मनमा धेरै कुरा खेले । आज आमाको मुख हेर्ने दिन भनेर हिजो देखि नै सामाजिक सञ्जालमा चर्चा सुरु भइसकेको थियो । फेसबुक भएपछि पात्रै पनि हेरिरहनु नपर्ने भएको छ । हरेक कुराको भेउ पाउन सजिलो भएको छ । भोलिपल्ट कुरा गरौँला भनी सुतेको थिएँ । विहान आँख खुल्ने बित्तिकै फोनमा सन्देसहरु पढ्न खोज्दा बहिनीको सन्देश पनि भेटेँ । ‘सान्दाइ, आज मम्मीको मुख हेर्ने दिन हो । कल गरेस मम्मीलाई, भिडियो कल गरे नि हुन्छ ।’ म आँखा माड्दै फोन लगाउन थालेँ । घरको लाइनमा एकतर्फी मात्रै सुनिने भएको रहेछ सायद, भाउजुको नम्बरमा फोन गर्न भनेर आमाले राखिन् । भाउजुकै नम्बरमा फोन गरेको केहि बेरमै ‘फोनबाट धेरै पैसा लाग्ला नेटमै आइजा ।’ भनेर आमाले कुरा टुङ्ग्याइन् । त्यसपछि आमाकै खाताबाट मेसेन्जरमा भिडियो कल आयो । ५७ मिनेट २८ सेकेण्ड लामो भलाकुसारीपछि आशिर्वाद लिँदै कुरा टुङ्ग्याएँ । आमाको मुख हेर्ने दिन पारेर सामाजिक सञ्जालमा फोटोहरु राख्ने अनि आमाप्रतिको भावनाहरु पोख्नु गल...

बंगलादेश, मधेस र स्थानीय निकायको निर्वाचन

Image
बंगलादेश केहि हप्ता अघि काठमाडौँमा बंङ्गाली लेखिका तस्लिमा नसरिन आएको खबर अनलाईन पत्रपत्रिकाहरुमा पढ्न पाइयो । त्यसै क्रममा उनको अन्तर्वाता पढ्दा वर्षौं पहिले पढ्न सुरु गरेर त्यसै थाती राखेको उनैले लेखेको ‘लज्जा’ उपन्यास पढ्ने जाँगर पलाएर आयो । पहिलो पटक कैलाली जनपुस्तकालयमा लज्जा समाउँदा स्कुले ठिटो थिएँ । सुरुका पानाहरुमै राजनीतिका कुरा र हिंसाका कुराले मलाई सो पुस्तकमा उति रुचि लागेको थिएन । बरु नसरिनले नै लेखेको परिक्रममाको नेपाली अनुबाद पढेको थिएँ । ‘लज्जा’ भने यसपालीको लागी साँचेर राखिएको रहेछ । ‘लज्जा’को सुरुवाती पानाहरुमै हिन्दु–मुस्लिम दंङ्गाका विषयहरु समावेश गरिएको छ । त्यसको पृष्ठभूमीका रुपमा वंगलादेश स्थापनाको इतिहास पनि बारम्बार प्रस्तुत गरिएको छ । ‘सन् १९५२ मा बंगलालाई राष्ट्रिय भाषा बनाउनका लागी चलेको आन्दोलन, १९५४ मा संयुक्त फ्रंट निर्वाचन, १९६२ मा शिक्षा आन्दोलन, १९६४ मा फौजी शासन विरोधी आन्दोलन, १९७० मा आम चुनाव हुँदै अन्ततोगत्वा १९७१ को स्वतन्त्रता संग्रामले द्विजातीय आधारमा गरिएको देश विभाजनको सिद्धान्त गलत भएको प्रमाणित गर्दै देश नै टुक्र्यायो । यसरी १९४७ दे...

मधेसी मोर्चाको कच्चा राजनीति

Image
एमालेको मेची–महाकाली अभियान असफल बनाउन आयोजित बन्दका बेला एमालेको आमसभामा सहभागी हुनका लागी नेपालगञ्ज आउँदै गरेको सर्वसाधारण चढेको बसमा तोडफोड गर्न खोज्दा प्रहरीको लाठीचार्जबाट १० जना घाइते भएका थिए । तिनै घाइते मध्ये लाठी प्रहारबाट घाइते भएका सोनपुर गाविस ८ का ७२ वर्षीय जमिल भाटको निधन भएको छ । आन्दोलनकारीलाई लखेट्ने क्रममा घरमै बसिरहेका भाट पनि प्रहरीको आक्रोशको चपेटामा परेका थिए । हुन त प्रहरीले भाटको निधन दम रोगका कारण भएको भनेर सफाई पेश गरेको छ तरपनि घरमा बसेका ७२ वर्षीया माथि लाठी चार्ज गर्नु कुनै पनि हिसाबले जायज मान्न भने सकिन्न  । भाट सँगै एमालेको मेची–महाकाली यात्राका क्रममा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । मधेसी मोर्चाले राजविराजकै घटना लगत्तै सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो । सुरुमा छापाहरुमा मधेसी मोर्चाले समर्थन फिर्ता नलिने भन्ने समाचारहरु बाहिरिए पनि मधेसी समुदायबाटै व्यापक विरोध हुन थालेपछि मधेसी मोर्चाले समर्थन फिर्ता लिएको खबर बाहिरिएको थियो । मधेसी मोर्चाले सरकारलाई आफ्ना माग पुरा गराउन दबाब दिने हेतुले सरकारबाट बाहिरिने धम्की दिएको भएतापनि सात दिने...

नश्लीय संवेदना

Image
झापाको काकडभिट्टाबाट फागुन २१ गते सुरु भएको एमालेको मेची–महाकाली यात्रा फागुन २३ मा सप्तरीको मेलठमा पुगेर ३ मोर्चा कार्यकर्ताको हत्यासँगै (त्यो कालगतीले भएको मृत्यु थिएन) केहि दिनलाई स्थगित भएको घोषणा गरियो । उपचारको क्रममा रहेका थप र्दुइ जनाले पनि ज्यान गुमाइसके । सो घटनामा ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ । राजविराज घटनाले लगभग सबै मधेसी समुदायलाई आहत बनायो । ‘अधिकारको लडाई’का क्रममा मारिनु पर्दा जो कोहिलाई पनि आक्रोशित बनाउँछ । मधेसी समुदायले पनि मेलठ घटनालाई राज्यले ‘मधेसीमाथि’ गरेको दमनका रुपमा अथ्र्याएका छन् । त्यसरी अथ्र्याइनुमा मधेसी समुदायका लागी लड्ने भनिएका मधेसकेन्द्रित दलहरुको ठूलो भूमिका रहेको छ । हरेक घटनालाई नश्लीय रुप दिनुले मधेसी समुदायलाई सँधै संकटाभिमुख बनाइ रहने र त्यस अवस्थामा भएको जमातलाई आफ्ना मुद्दाहरुको वकालत गर्नका लागी परिचालित गर्न सकिने भएकोले पनि त्यस्तो रुपमा व्याख्या गर्ने गरिएको जस्तो देखिन्छ । त्यसैले प्रहरीको गल्ती भन्दा पनि पहाडी प्रहरीको गल्ती भनेर त्यसलाई नश्लीय रुप दिइन्छ । यस्तो व्याख्या र विश्लेषणले राज्य र जनताबीचको लडाइँलाई देश भित...