Posts

Showing posts from 2019

किताबको कथाः राज सरगमकाे छाउघर

Image
कहिले काहिँ त पढेको कुराको बारेमा किन लेख्नु प¥यो जस्तो लाग्छ । तर फेरि सोच्छु पढेको बेलामा भन्दा पढेको लेख्दै गर्दा किताबका धेरै कुराहरुबारेमा मन्थन गर्ने मौका मिल्छ । त्यस्तै पढेकाबारे कुरा गर्दा पढ्न मन लागेकाहरुका लागी पनि पढ्ने वा नपढ्ने भन्ने बारे निर्णय लिन सघाउ पु¥याउन सक्छ । हुन त पुस्तक मन पर्नु वा मन नपर्नु व्यक्तिगत रुची र स्वादको विषय पनि हो । र पनि एउटा आधार त बन्छ नै । मेरै हकमा पनि कतिपय अवस्थामा पुस्तक पढ्ने निर्णयमा पुग्न अरुका पुस्तक प्रतिको टिप्पणीले काम गरेको छ । पढ्छु भनि ल्याएका र नपढेका पुस्तकहरु पनि सोको चर्चा चल्दा पल्टाएको छु । त्यसैले पुस्तक चर्चा गरिरहन मन लाग्छ । फेरी लेखनमा रुचि भएकाले यो एक लेखनको अभ्यास जस्तो पनि हुन्छ ।  आमीर खानको सत्यमेव जयतेमा मर्दपन कसरी पुरुषका लागी हानिकारक हुन्छ भन्ने कार्यक्रममा कमला भासिनले भनेका कुराहरु आज पर्यन्त पनि मनमा घुसेका छन् । धेरै पटक हेरेको सो कार्यक्रमले मलाई महिलावादी साहित्य तिर आकर्षित गर्नुका साथ साथै धेरै अन्य कुराहरु प्रति पनि संवेदनशील बनाएको थियो । विवेक ओझाको ऐलानी, सरस्वती प्रतीक्षाको नथिया, भर्जि...

‘घटना भएकै छैन ! षडयन्त्र हो !! फसाइएको हो !!!

Image
अहिलेका छापाहरु संसद र सभामुख थुनामा परेका समाचार र उनीहरुको मुद्दामा भएको प्रगतिका समाचारले भरिएका छन् । सत्तापक्षीले यसलाई सरकारले ‘कसैलाई पनि नछोड्ने’ अभियानको हिस्सा मानेको छ । प्रतिपक्षका सभापतिले आलम नसमातिँदा सम्म केहि भनेका थिएनन् । तर आलम समातिएपछि उनले त्यसलाई ‘१२ वर्ष पुरानो मुद्दामा कारवाही गर्न पाइन्छ ?’ भनेर आक्रोश पोखे । सँगैका अर्का नेता सिटौलाले उनका राजनीतिक गुरु गिरिजाप्रसादको ‘ग्राण्ड डिजाइन’ शब्दद्वारा आलमको गिरफ्तारीको व्याख्या गरेका छन् । यो लेख्दै गर्दा प्रतिपक्षका सभापतिको लिखित खण्डन आइसक्यो । प्रतिपक्ष पनि ‘निश्पक्ष छानविन’लाई सघाउने भइसक्यो । त्यसो त गगन थापा र विश्वप्रकाश शर्माले ‘निश्पक्ष छानविन’को पक्षमा आफू रहेको भनेर यस अघि पनि भनेका थिए । तर गगन थापा र विश्वप्रकाश भन्दा देउवा र सिटौलाहरुको अभिव्यक्तिले बढि अर्थ राख्छ कारण यी दुवै देशका गरिमामय पदमा बसी सकेका व्यक्तिहरु हुन् । अझ सिटौला त आलम प्रकरणका क्रममा गृहमन्त्री समेत थिए र आलम बचाउने ठाडो आदेश दिएको भन्ने उनीमाथि आरोप पनि छ । यसरी महरा, गुरुङ्ग र आलम प्रकरणले हालको राजनीतिक परिदृश्यमा ठूलै तरंग...

वेग, शाह, र अन्सारीः किन रोकिन्न अपराधका सृंखलाहरु ?

Image
भारतीय आपराधिक सञ्जालका नायिके दाउद इब्राहिमका नजिकका सहयोगी र कतिपय समाचारमा उनका दायाँ हात सम्म भनिएका युनुस अन्सारी यस पटक फेरि पनि समातिएका छन् । हाल सम्मकै ठूलो परिमाण, ७ करोड ६७ लाख ९४ हजार,  बराबरको नक्कली नोट सहित समातिएका अन्सारी कतारबाट उडेको कतार एयरवेजको विमानबाट आएका ३ जना पाकिस्तानी नागरिकलाई लिन गएको अवस्थामा समातिएका हुन् । भारतको चुनाव सकिए लगत्तै फेला पारिएको २ हजार दरको नक्कली नोटको यत्रो ठूलो परिमाणले ठूलो हलचल नै मच्चाएको छ र त्यसमाथि पहिले देखि नै परिचित व्यक्ति मार्फत भित्रिनुले नेपालको सुरक्षा स्थितिप्रति पनि सर्वसाधारणको शंका बढाएको छ ।  वि.सं. २०६५ साल पुस १८ मा त्रिपुरेश्वरको होटेल ब्लुवर्डबाट २४ लाख ४४ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारीले जेलमै रहँदा पनि नक्कली नोटको कारोवार जारी राखेका थिए । अन्सारीले जेलबाटै बनाएको योजना अनुसार २०६७ असोजमा नेपाल भित्र्याइएको ४० लाख ९० हजार बराबरका जाली नोटहरु विमानस्थलमै पक्राउ परेको थियो । ०६५ देखि ४ वर्षको सजाय काटि रहेका अन्सारी ०७० को असोजमा छुटेको ३ महिना पछि माघमा फेरी पनि भारतीय नक्कल...