Posts

Showing posts from March, 2018

गार्इ खाने कथा

Image
नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्म निरपेक्षता घुसाइएको कुराको विवाद जारी रहँदे गर्दा ‘गाइको मासु खान पाउनु पर्ने’ भन्ने विवाद सुरु भएको छ । गाइको मासु खान पाउनु पर्छ भन्ने मत राख्नेहरुले यथासक्य तर्क र प्रमाणहरु पेश गरेर गाइको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको भन्ने जस्ता वाहियात तर्क समेत गर्न भ्याएका छन् । समस्या कहाँनेर पर्छ भने उनीहरुले पेश गरेकै दलीलहरुको सहायता लियो र त्यसलाई सामान्यीकरण ग¥यो भने त हालको व्यवस्था नै उलटपलट हुन्छ । धेरै गैह्र कानुनी कुराहरुले छुट पाउनु पर्ने हो कि भन्ने जस्तो देखिन आउँछ । हालको कानुनी व्यवस्था नै पनि धरापमा पर्छ । गौहत्या विरुद्धको कानुन गलत भएको भन्ने तर्क गर्नेले नेपाली समाजका विभिन्न जातजातीका संस्कृतिहरुमा भएको गौमासको कुरालाई त्यसले कुण्ठित गरेको ठान्छन् । पूर्वमा किरात संस्कृति अन्तर्गतको च्याब्रुङ्ग नाचमा बजाइने बाजामा गाइको छाला प्रयोग हुने गर्छ । त्यस्तै किरातीहरुले पुजामा गाइको टाउको प्रयोग गर्ने गरेको र समयक्रमसँगै राँगाको टाउकामा सरेको भन्ने भनाइहरु छ । पश्चिममा पनि भुल र सार्कीहरुले मरेका गाइहरु लै...

ऐलानी: विवेक ओझा

Image
“क्यान हामी खेतीपाती  गर्दाइनौँ आमोई ? क्यान हामी गाईवस्तु कुखुरा क्यै पाल्दाइनौँ !” “पाप लाग्छ । हामी त नाचगानका लागि जन्म्याका जात हौँ । मालिकको सेवा ग¥या धर्म हुन्छ । खेतीपाती गर्न र वस्तुभाउ पाल्न हाम्रो जातमा लेख्याको छैन ।” “कल्ले लेख्याको आमोई हाम्रा जातमा ?” “भग्वान्ले ।” सुदूरपश्चिमका बारेमा लेख्नका लागी धेरै विषयहरु हुन सक्थे तर किनकिन नेपाली साहित्यमा सुदूरपश्चिम दुर्गम र रुढीवादी ग्रस्त समाजको रुपमा मात्रै चित्रण भयो । यस वर्षका दुई सर्वाधिक चर्चा बटुलेका पुस्तकले पनि त्यसैलाई निरन्तरता दिए । पुस्तक पढिएकै आधारमा मात्रै यदि कसैले सुदूरपश्चिमी कस्ता होलान् भनि कल्पना ग¥यो भने झट्ट के चाहिँ आउँछ होला ? कहिले काहिँ जान्न मन लाग्छ । विवेक ओझाको ‘ऐलानी’ रोजाइमा पर्नुको पछाडिको कारण ओझा सुदूरपश्चिमी लेखक हुनु र उनले कलम चलाएको विषय पनि सुदूरपश्चिमसँगै जोडिएको हुनु हो । पराईले सुपको बारेमा लेखेको पढ्नु भन्दा सुपकै लेखकबाट लेखिएका कथाहरु पढ्ने धेयले यो उपन्यास छनौटमा प¥यो । गोविन्द वर्तमानको सोह्र साँझहरु र रामलाल जोशीको ऐनामा वादी समुदायका बारेमा थोरै लेखिए पनि उपन्य...

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

Image
विगत केहि वर्ष देखि पुस्तक पठनको पहिलेको लत व्युँताएको छु । पढ्नलाई पुस्तकको अभाव छैन । विदेशी साहित्यका थुप्रै कितावहरु सजिलै पाउन सकिने अवस्था छ । स्वदेस बाट पर बसेकोले होला विदेशी साहित्यले मात्रै तिर्सना मेटिँदैन । त्यसैले नेपाली साहित्यका चर्चामा आएका पुस्तकहरु हर तरहले पढ्ने प्रयास थालेको छु । त्यसका लागी चिनजानका मानिसहरुसँग निर्लज्ज भएर किताब पढ्न माग्ने देखि लिएर नेपाल पुगेकाहरुसँग झिकाउने सम्म गरेको छु । पछिल्लो पटक आफ्नो रहर अरुका लागी कहर नबनोस् भन्ने हिसाबले अरुलाई दुःख नदिइकनै किताब हात लाउने बाटो पहिल्याउने क्रममा अनलाईन किताब किन्ने बुद्धि सुझेको हो । नयनराज पाण्डेको कथा संग्रह निदाएँ जगदम्बाको विद्युतीय कापी बाट सुरुभएको यात्रा पिल्ग्रीम बुक्सको भौतिक कापी खरीद सम्म पुगेको छ । किन्डलमा पढ्न नमिल्ने र एक पटक भन्दा दोश्रो पटक इन्स्टल समेत गर्न नमिल्ने भएकोले पाण्डुलीपी थोप्लो कमको विद्युतीय कापीहरु खरीदमा अरुचि भयो । किताब पढ्न त्यसै पनि सुस्त छु । औसतमा एक घण्टामा २० पाना पढि सक्छु । त्यसमा पनि तारन्तार ध्यान भङ्ग भइदिनाले पठन त्यति सहज हुँदैन । त्यति लामो समयसम्म ...

रुपि कौर र द सन एण्ड हर फ्लावर्स

Image
मेरो भगांकुर वरिपरिका कपाल जल्न थाल्छन् प्रत्येक उप्काइसँग म खुम्चिन्छु पिडाले काम्दै म यो किन गर्छु म मेरो शरीरलाई किन यातना दिन्छु हुनुपर्ने जस्तै भएकोमा पछुताउँदै गर्दा म आफूलाई आधैमा रोक्छु जब म उसको बारेमा सोच्छु र कसरी उसलाई देखाउन म लज्जित हुने गर्छु सफा नभएसम्म (the hair follicles around my clitoris begin burning with each zap i wince shivering with pain why do i do this why do i punish my body for being exactly it's meant to be i stop myself halfway through the regret when i think of him and how i'm too embarrassed to show him unless it's clean) **** खर्बौको व्यापार ध्वस्त हुनेछ यदि हामीले आफू पहिले देखि नै सुन्दर भएको मान्यौँ भने it's a trillion-dollor industry that would collapse if we believed we were beautiful enough already रुपि कौरको पछिल्लो पुस्तक हात पार्न ठूलै तिकडम खेलियो । प्रणय दिवसमा अघिल्लो वर्ष उचित किसिमले शुभकामना नदिएको र उपहार नपठाएको झोकमा प्रेमिका रिसाइरहेको अवस्था थियो । यस...