नयनराज पाण्डेको सल्लीपिर

मनोज दाइले पढ्न दिएका चार पुस्तक, खबुज, फोसिल, अक्षरगंज र सल्लीपिर, मध्ये सल्लीपिरको पालो अन्तिममा आयो । आकार र चर्चाका हिसाबले पुस्तकको क्रम त्यस्तै प¥यो । त्यसमाथि सल्लीपिर एकजना साथीलाई पढ्न दिएको थिएँ । त्यत्रो पुस्तक पढ्दा पनि एउटा पुस्तक पनि नदिएको भन्ने गुनासो थियो । पुस्तक उसले लगी र उसको प्रेमीले पढेर भ्याउँदा पनि उसले चाहिँ पढ्न भ्याइन । ‘यस्तो पुस्तक तिमीले के बुझ्लौ ?’ लामा दाई (म त्यसरी नै सम्बोधन गर्छु) अर्थात उसको प्रेमीले पुस्तक पढिसके पछिको प्रतिकृया दिएका थिए । क्यान्सर प्रतिरोधी कोषका बारेमा स्नातकोत्तरको सोधपत्र लेख्दै गरेकी साथीले पछि समय अभाव हुने देखेपछि ‘ल भैगो’ भनेर मैलाई फर्काई । त्यसपछि मेरो पालो आयो । नबोल्दा नबोल्दै बोल्नै बिर्सेको त हो नि हामीले फर्केर नहेर्दा नहेर्दै आफैँलाई यात्राहरुमा, आफैँलाई चिन्न बिर्सेको त हो नि हामीले । भेडाको हुलमा मिसियौ र भेडा नै भयौ चौरीको हुलमा मिसियौ र चौरी नै भयौ, ‘सल्लीपिर’ को कथानक सोलुमा जन्मेकी पेमाको पुस्तकसँगको सम्बन्धको वरपर घुमेको छ । त्यो कथाको बहानामा लेखकले सोलुखुम्बु र त्यहाँको शेर्पा...