जानकी मन्दीरमा जे भयो

गएको तीन महिनामा नेपालको इतिहासमा धेरै कारणले महत्वपूर्ण रह्यो । सरकार परिवर्तन देखि लिएर दशौँ वर्ष देखि प्रतिक्षित संविधान निर्माणको काम यसै अवधिमा सम्पन्न भयो । देशले प्रथम महिला राष्ट्रपति पायो । पहिलो पल्ट छिमेकिको आशिर्वाद विना नै सरकार बन्यो (?!) । विगतका संविधानहरु भन्दा धेरै कारणले राम्रो संविधान देशले पायो । आंशिक रुपमै भएपनि महिला, दलित, मधेसी, पिछडिएका जातजाती, तेश्रो लिंगी, आदिका अधिकारलाई केहि हदसम्म भएपनि यो संविधानले सम्बोधन ग¥यो । छ–छ वटा उप–प्रधानमन्त्री पनि देशले यसैबेला पायो । त्यसका साथै २१ जना मन्त्री, १० राज्यमन्त्री र दुई सहायक मन्त्री गरेर ४० सदस्यीय मन्त्रीमण्डल (इतिहासको तेश्रो ठूलो जम्बो मन्त्रीपरिषद) बनेको छ । संविधानसँग असन्तुष्ट पक्षहरुको आन्दोलनले तराई तनावग्रस्त पनि यसैबेला भइ रह्यो । भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका मारमा जनताहरुले नपाउनु दुःख पनि यसैबेला पाए । खाना पकाउने इन्धन देखि यातायातका साधनका लागी चाहिने डिजल पेट्रोलको अभावले जनजीवन कष्टकर बन्यो । सरकारले राष्ट्रियताका नारा दिने भन्दा बढि केहि बिकल्प दिन सकेन । हाम्रो नेतृत्वको अदूरदर...