Posts

Showing posts from December, 2013

दासताको भुमरी

मलाई लाग्छ हलिया र कमैया लगायतका समस्या समाधान गर्न अति नै सजिलो छ । हलीया र कमैया लगायत राख्न गैह्र कानुनी भई सकेपछि गैह्र कानुनी काम गर्नेलाई सजाय हुनु पर्ने कुरा सामान्य नै भयो । हलीया र कमैयाका रुपमा उसले वर्षौँ सम्म शोषण गरेको सजायका रुपमा पनुस्र्थापनाका लागि चाहिने जायज जग्गा र पैसा साहुबाटै असुली गर्दा सरकारलाई थप व्ययभार पनि नपर्ने र कमैया तथा हलीयाका नाममा राहतका लोभले लागेकाहरु पनि निरुत्साहित हुने थिए । कमलरीका हकमा त्यस्तै प्रकृतिको घरेलु कामदार अउ–पेयर (ब्ग(एबष्च) को चलन युरोप र अमेरिकामा पनि छ । अउ–पेयरका रुपमा युरोपली, अमेरिकी र नेपाली २५ वर्ष भन्दा मुनिका युवतीहरुलाई राख्ने काम कानुनी नै मानिन्छ । घरेलु काम गरिदिए वापत निश्चित सेवा सुविधा र खर्च दिने शर्त अनुसार यस्ता कामदारहरु राखिन्छ । सायद नेपालमा पनि यस्तै केही गरेर यो समस्यालाई सम्बोधन गर्न सकिन्छ कि ! (१५ दिसम्बर २०१३ को २०१३ साझा सवाल सुनेपछिका विचारहरु)

जर्मनी र फोहरमैला व्यवस्थापन

Image
आज भन्दा करीब दुई वर्ष अघि जर्मनीबाट दाजु नवराज रोस्याराका साथमा नेपाल भ्रमणमा आएका जर्मन नागरिकहरुले सुदूरपश्चिम भ्रमणका बेला मलाई राजधानीको फोहरमैला व्यवस्थापनको दयनीय अवस्था औँल्याउँदै प्रश्न तेस्र्याएका थिए, ‘ंंराजधानी किन त्यति फोहर ? झन् त्यहाँका नदी त नदी जस्तै नलाग्ने । छेउमा उभिँदा समेत नाक नथुनी उभिनै नसकिने ।’ मैले उनीहरुलाई ‘जनसंख्याको अत्याधिक चापका कारण त्यहाँ फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र नदी(वागमती) पनि त्यही कम्जोरीको सिकार भएको’ भनी बताएको थिएँ । उनीहरुलाई मेरो उत्तर चित्त बुझेको थिएन । आफ्नो देशका ठूला सहरको जनसंख्याको दाँजोमा काठमाडौँको जनसंख्या केही नभएको र पनि आफ्नो देशमा कहिँ कतै त्यस्तो फोहोर नभएको भनी बताएका थिए । मैले निरुत्तर उनीहरुको जवाफ सुनीरहनु बाहेक केही गर्न सकेको थिएन । लागेको थियो एक दिन तिम्रो देश पनि हेर्नेछु । आज हेर्ने मौका पाएको छु । उनीहरुले भनेको कुरा आफ्नै आँखाले देख्दैछु । साँच्चै हो रहेछ, यहाँका नदी नाला र सडकहरु सार्है सफा छन् । जर्मनीका अरु कुराहरुले जस्तै यहाँको सफा, स्वच्छ अनि हरियालीपूर्ण वातावरणले पनि मलाई आए देखि नै चकित बनाए...

Timro Nyano - Uglys (Guitar Cover)

Image
G D C G D timro nyano angalo ko maya sadhai rahi rahos G D C G D timro jiwan sadhai sadhai vari fali fuli rahos G D C maan ta xaina timi bata tada huna G D G D C G D biwasta aanautho timro mero bich dherai kura xan nikainai aapthero Em D G D Em D G aaudai jadai garnu yo jiwan ma katai tada nahoss timi Em D G D Em D G jiwana ka dherai mod haru ma nabirsidinu vani Em D G D Em D G aaudai jadai garnu yo jiwan ma katai tada nahos timi Em D G D Em D G jiwana ka dherai mod haru ma nabirsi dinu vani Bridge: G D C G D G D C Em G Em D G D Em D G Aaudai jadai garnu yo jiwan ma katai tada nahos timi Em D G D ...