Posts

Confess by Colleen Hoover

Image
Confess by Colleen Hoover My rating: 2 of 5 stars I had seen this book in the list of best books of the year by goodreads. I think it was among adult romance section. That's the genre I don't like to read much. Especially, I think of 50 Shades of Grey kind of books when I see adult romance label. I think such romance is more fun when you do it than when you read someone else doing and sweat from inside. The second encounter with this book was when I saw in my feed that a girl had given one star to Lang Leav. Lang Leav was the writer I read on a train to my work. She was precise and good with the words. I felt like I could quote each line of poetry she did as they were all beautiful.(may be I am a bit exaggerating but I am sure I enjoyed her poems and even thanked the guy who suggested me to read her). So, what I thought was, if someone thinks Lang Leav is worth one star she should have some different taste or may be better taste than mine. Then I went in to see the books she ...

‘फोसिल’ अर्थात जिवावशेषः कुमार नगरकोटी

Image
नगरकोटी सायद एकमात्र त्यस्ता लेखक हुन् जोसँग उनको कृतिको बारेमा प्रत्यक्ष छलफल गर्न पाएको छु । त्यसबेला उनको कृति पढेको थिएन । मोक्षान्तः काठमाडौँ फिवरको प्रकाशन पश्चातको छलफलको कार्यक्रममा बुकाहोलिक्सको बैठकमा उनीसँग भेट भएको थियो । उनको कथा बुन्ने शील्प र कथामा समावेश पत्र र सन्दर्भहरुका बारेमा धेरैले तारिफ गरेका थिए ।  ‘सिन्डलरलाई नचिनेकोले नगरकोटीको कथाको स्वाद पाउन सक्दैन’ उनका समर्थकहरुले यस्तै यस्तै तर्क गर्थे । मैले उनलाई राम्ररी पढि नसकेकोले म उनको समर्थक हुँ कि होइन छुट्याउन सकि रहेको थिएन । त्यत्तिकैमा कुरा राख्ने पालो मेरो आयो । मलाई पुस्तकको गुदिको बारेमा थाहा नभएकाले त्यसका सन्दर्भमा बोल्ने आँटै भएन । त्यसैले पुस्तकको नाममा अलि आपत्ति जनाएँ ।  ‘पुस्तकको नाममा अंग्रेजी नएर नेपाली नै भएको भए राम्रो हुन्थ्यो कि ?’ नेपाली साहित्यमा अंग्रेजी प्रयोगको म विरोधी हुँ । भाषा अंग्रेजी होस् या नेपाली शुद्ध बोलिनु पर्छ । म अंग्रेजी शुद्ध नबोल्दा पाखे हुने अनि नेपाली अशुद्ध बोल्दा ठूलो हुने भन्ने मान्यताको विरोधी हुँ । त्यसैले यो पुस्तक समिक्षामा पनि मेरो पूर्वाग्रहल...

ली क्वान यू, देउवा अनि अक्सफर्ड

Image
ली क्वान यूको प्रभाव यति प¥यो कि मैले नेपालबाटै उनको बारेमा टम प्लेटले लेखेको ‘ली क्वान यूसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याए । उनको उदार आर्थिक नितीले सम्भव भएकाे सिंगापुरको प्रगतिको धेरैले आरिस गर्छन् । पश्चिमा जगतले उनलाई नरम तानाशाह भनेर व्याख्या गरेका छन् । अहिले नेपालमा पनि ली क्वान यू को खोजी भइरहेको छ । समस्या कहाँ नेर छ भने नेपाल भनेको सिंगापुर होइन ।  ली क्वान यूलाई टम प्लेटले ( पुस्तक चर्चा यहाँ हेर्नुहाेस् )भारतमा पनि सिंगापुरको जस्तै रुपान्तरण सम्भव छ वा छैन भनेर सोधेका थिए । उनले भातरको विविधतालाई तेस्र्याउँदै भारतको हकमा सिंगापुरको जस्तो परिवर्तन गर्न आफूले सक्दैन थिए । ब्रिक्स देशहरुमध्यबाट भारत र चाइनाको बारम्बार तुलना हुने गर्छ । त्यसमा भारतलाई चाइनाले सजिलै पछार्न सक्ने अनुमानहरु छन् । त्यसको कारण के भने भारत विभिन्न जातजाती, भाषा, र  संस्कृतिमा विभक्त छ । तर चाइनामा एक हौँ भन्ने भावना छ । त्यसैले भारतमा सबैको चित्त बुझाउन जति गाह्रो छ चाइनामा त्यस्तो छैन । नेपाको हकमा पनि भारतको जस्तै सांस्कृतिक विविधता छ र सिंगापुरको जस्तो सामुद्रिक पहुँच पनि ...

'night, Mother ~Marsha Norman

Image
थेल्माः तिमीलाई मृत्यु कस्तो हुन्छ भन्ने नै थाहा छैन । त्यो पुरै अशान्त पनि हुन सक्छ । मृत्यु विहानी पखको घडिको अलार्म जस्तो र तिमी उठेर बन्द गर्नका लागी बिउझनै नसक्ने अवस्था जस्तो भयो भने के गर्छौ ? कहिल्यै बन्द गर्न नसक्ने भयो भने के गर्छौ ? जेसीः मृत्यु मैले चिनेका सबै व्यक्ति र वस्तुको अनुपस्थिति हो । मृत्यु शान्त हुन्छ । थेल्माः त्यो पाप हो । तिमी नर्क जाने छौ । जेसीः मलाई सोध्नु हुन्छ भने यशुले पनि आत्महत्या गरेका थियो । Thelma: You don't know what dead is like. It might not be quiet at all. What if it's like an alarm clock and you can't wake up so you can't shut it off. Ever. Jessie: Dead is everybody and everything I ever knew, gone. Dead is dead quiet. Thelma: It's a sin. You'll go to hell. Jessie: Jesus was a suicide, if you ask me. **** आत्महत्याका बारेमा अनेक विचारहरु आउने गर्छ । धेरैले आत्महत्याको बाटो रोज्नेलाई कातर भन्छन् । परिवारका सदस्यहरु, साथीभाइ र आफन्तको मायाले त्यस्तो निर्णयबाट मान्छे पछि हट्न पनि सक्छ भनेर तर्कहरु...