बलात्कारको बिऊः ‘प्रसाद’ कि अभिशाप ?

हालसालै बजारमा आएको ‘प्रसाद’ चलचित्रले बलात्कारबाट बसेको गर्भ प्रसाद कि अभिशाप भन्ने विषयमा नयाँ बहस सुरु गरेको छ । एकतर्फी बहस भइरहेको हालको सन्दर्भमा फरक विचार राख्न मन लाग्यो । ‘प्रसाद’ चलचित्र लेखक र निर्माताहरुको मायाले भन्दा पनि ‘प्रसादलाई’ अभिशाप करार गर्ने क्रममा व्यक्त विचारहरुसँगै बाहिर आएका विवादास्पद कुराहरुले यो आलेख जन्माएको हो । चलचित्रलाई बलात्कार जस्तो जघन्य अपराधलाई पनि सामान्यीकरण गर्न खोजेको दलितलाई कम्जोर पात्रका रुपमा चित्रण गरेको लगायतका थुप्रै आरोपहरु लागेका छन् । चलचित्रको प्रचारसामग्री र चलचित्रका विषयमा लेखिएका बहसलेनै चलचित्रको पुरै कथा बाहिर छताछुल्ल पारि सकेका छन् । तर पनि कथामा सकेसम्म नगइ बलात्कार प्रतिको चलचित्रको दृष्टिकोणमै अडेर यो आलेख पुरा गर्ने प्रयास गर्नेछु । मलाई लाग्छ कसैको व्यक्तिगत धारणाका आधारमा कुनै चलचित्रप्रतिको मानसिकता बन्नु भन्दा पनि सबैले आफ्नो धारणा बनाउनु उचित हुन्छ । म अरु दर्शकहरुबाट उनीहरुको धारणा बनाउन पाउने अधिकार खोस्न चाहन्न । त्यसैले यो आलेखका विचारलाई पनि नितान्त व्यक्तिगत नै लिइदिन अनुरोध गर्दछु । प्रसाद मार्...