घामकिरी: नयनराज पाण्डे (किताबकाे कथा)
पोखराको साहित्य महोत्सवको क्रममा सहभागीहरुको माझबाट उभिएर सिवानीसिं थारुले नयनराज पाण्डेलाई लू र घामकिरीमा कुन प्रिय भनेर सोधिन् । नयनराज पाण्डेले तुरुन्तै जवाफ दिए, “घामकिरी!” सिवानीसिं थारुले पनि आफ्नो त्यस्तै धारणा रहेको कुरा सुनाइन । पाण्डेले थपे, “कसैले घामकिरीका बरेमा केही नराम्रो भन्दा म सोझै भन्ने गर्छु घामकिरी नगरकोटीलाई मनपरेको पुस्तक हो ।” छेउमै बसेका नगरकोटीले पनि उनको त्यो भनाइलाई मुस्कुराएरै अनुमोदित गरे । हो यहीँबाट सुरु भएको हो घामकिरी पढ्ने रहर । घामकिरी हात पार्न पनि त्यति सहज भएन । चिनजानका पुस्तकप्रेमी कसैसँग पनि घामकिरीको प्रति थिएन । ई–पुस्तक खरिद गर्न तुलनात्मक रुपमा सुलभ भए पनि २९९ पाना ल्यापटपमा पढ्न मन लागेन । निदाएँ जगदम्बाको ई प्रति नै पढ्न धौधौ भएको थियो । सँधै अरुलाई पुस्तक ल्याइ दिने आग्रह गर्नु भन्दा वैकल्पिक तरिका अपनाउने उद्देश्यले अनलाईनबाट पुस्तक मगाउने बाटो अपनाइयो । एउटै पुस्तक मगाउँदा पुस्तकको भन्दा हुलाकको खर्च बढि हुने देखियो । त्यसैले घामकिरी पढ्ने चाहले नै नारायण ढकालको प्रेतकल्प, सरुभक्तको तरुनी खेती देखि विप्लव प्रतिकको अविजित गरेर १४...