"आफ्नै एउटा कोठा र पाँच सय": भर्जिनिया वुल्फ

वर्षमा महिलाहरुका बारेमा कतिवटा पुस्तक निस्कन्छन् भन्ने कुरा तपाईंले ख्याल गर्नु भएको छ ? तपाईंलाई केहि थाहा छ ती मध्ये कतिवटा पुस्तकहरु पुरुषद्वारा लेखिएका हुन्छन् ? विभिन्न विदेशी श्रष्टाका साहित्यिक श्रृजनाहरु पढ्ने क्रममा भर्जिनिया वुल्फको ‘आफ्नै एउटा कोठा’ (अ रुम अफ वन्स अन)भन्ने कृति हात लाग्यो । खासमा एक अर्कालाई आफूले पढेका कृतिहरु पढ्ने सल्लाह दिने क्रममा एलिजा बैनीले मलाई यो कृति पढ्ने सल्लाह दिएकी थिइन् । मैले अलि नजिक भएका हरेक स्त्रीलाई र केहि पुरुषलाई प्रिती कौरको ‘मिल्क एण्ड हनी’ पढ्ने सल्लाह दिने गरेको छु । हो त्यही पढि सकेपछि उसले भर्जिनीया वुल्पको कृति पढे नपढेको कुरा सोधेकी थिई । अबको सय वर्षमा, मेरो आफ्नै स्थितिलाई हेर्दा मलाई लाग्छ, महिलाहरु एउटा संरक्षित लिंगको रुपमा रहने छैनन् । उनीहरुले पहिले रोक लगाइएका सबै क्रियाकलापहरु गर्नेछन् । सुसारेले कोइला उचाल्ने छिन् । पसले महिलाले इन्जिन चलाउने छिन् । महिला एउटा संरक्षित लिङ्ग हुँदा स्थापित सबै मान्यताहरु हराएर जानेछन् । एक शताब्दि अघिकी लेखिकाको कृतिहरू आफैमा इतिहास पनि हो । त्यस बेलाको महिला ले...