हिट्लर र यहुदीः विपी कोइराला (पुस्तककाे लिंक सहित)

“मलाई कुनै मानवपुत्रले लाञ्छनाले औँल्याउन सक्तैन । दोषमुक्त निर्मल प्राणीहुँ म । आफ्ना लागि मैले केही पनि गरिनँ –धन, सम्मान, इन्द्रिय–सुख, पत्नी–प्रेम सबैलाई तुच्छ पारेँ –म निस्पृह संन्यासी थिउँ जीवनभरि । म केबल एक लक्ष्यले जर्मन राष्ट्रको उत्थानका लागि एकनिष्ठासँग संलग्न रहेँ । एक पैसा बैंकमा जोरिनँ, घर बनाइनँ, प्राणजस्ती प्यारी एभाको प्रणय निमन्त्रण अस्वीकार गरिरहेँ, अन्तिम क्षणसम्म–त्यस अन्तिम क्षणसम जब मर्नुभन्दा केही घडीअघि शत्रुको पल्टन मेरो बङ्करसम्म पुगिसकेको थियो । मैले भनेँ –एभा प्यारी अब मेरो अन्तिम क्षण आयो । जीवनको काम मेरो समाप्त भयो । अब फुरसत छ मलाई, तिम्रो दैवी प्रेमको स्वादका लागि ..... मृत्युपूर्वको बस एक चुम्बन । प्रमाण अरु के चाहियो मेरो देव लोकाधिकारको ?” हिट्लर र यहुदी स्कुले उमेरमै पढेको पुस्तक हो । विपि कोइरालाका कथा संग्रह बाहेकका सारा साहित्कि पुस्तकहरु मैले स्कुले उमेरमै पढि भ्याएको हो । त्यसैले केहि धमिला यादहरु बाहेक पुस्तकको खासै गुदि केहि याद थिएन । हालसालै हिट्लरको यातना गृहमा ज्यान गुमाएकी यहुदी वालिका एनी फ्रान्कको डायरी पढेपछि यसको याद फेरी ता...