स्थानीय निर्वाचनका सुरूवाती नतिजाले दिएका सन्देशहरू

अनेक शङ्का र उपशङ्काका बीच प्रथम चरणको स्थानीय निर्वाचन सम्पन्न भएको छ । छिटपुट घटना बाहेक चूनाव शान्तीपूर्ण नै सम्पन्न भएको छ । ७० प्रतिशत सहभागीताका साथ सम्पन्न यो स्थानीय निर्वाचनले जनताहरु राजनीतिक निकासका लागी आतुर भएको संकेत समेत गरेको छ । ५० लाख भन्दा बढि मतदाता विदेशमा रहेको स्थितिमा पनि यो किसिमको जनसहभागीता एकदमै उत्साह जनक मानिनु पर्छ । चुनाव सकिएसँग चुनावका प्रारम्भिक नतिजा पनि बाहिरिन थालेका छन् । ती नतिजासँगै विभिन्न अड्कलबाजीहरु काटिन सुरु भएको छ । चुनाव अघिको तालमेल र राजनीतिक दलहरुमाथि लागेको आक्षेपहरुको असर निर्वाचन परिणाममा प्रष्टै देखिन्छ । चुनाव हुनु अघिका दिनहरुमा प्रहरी महानिरिक्षक पदको विवाद जुन हदसम्म चुलियो र त्यसलाई जुन किसिमले राजनीतिकरण गरियो त्यसले कांग्रेस र माओवादी केन्द्रलाई निकै हदसम्म आलोच्य बनाएको थियो । सर्वोच्च अदालतले समेत प्रहरी नियमावलीको फरक व्याख्या गरी नियमावलिमा नभएको विधिको प्रयोग गरेर अमुक व्यक्तिलाई नै महानिरिक्षक बनाउनु पर्ने आसयको फैसलाले सत्तासीन दलहरुलाई उनीहरुको कार्यक्षेत्रमा न्यायालयको हस्तक्षेप भएको अनुभुति गराएको थियो । स्मरण ...