"चिना हराएकाे मान्छेः हरिवंश अाचार्य"
‘मैले मिराको जस्तो माया कैले पाउने होला ?’ किताबबाट आँखा हटाउँदै मैले भनेँ । ‘त्यस्तो माया पाउन त तिमी हरिवंश जस्तो हुनु पनि त प¥यो ।’ उसले जवाफ फर्काइ । त्यसपछिका धेरै वार्तालापमा मिरा र हरिवंशका कुराहरु आइरहे । म मिरा जस्तो माया खोज्ने ऊ पहिले हरिवंश बन्न सुझाब दिने । सानो छँदा विश्वेश्वर प्रसाद कोइरालाका प्राय सबै रचना पढियो । उनका रचनामा परेको फ्रायडको छापले पनि उनी प्रीय बन्न पुगे । पहिले यौन पढ्न उनका कथाहरु पढियो अनि विस्तारै उनको लेखन शैलीको अम्मली बनियो । पाएसम्म उनका सबै किताब पढियो । उनका प्राय कृतिहरु पातला भएकाले पनि आँट्न सजिला हुन्थे । जीवनमा पहिलो आत्मवृत्तान्त उनकै पढ्ने इक्षा भयो । राजनैतिक एवं सहित्यिक हिसाबले महत्वपूर्ण व्यक्तित्वको जीवनी पढ्ने रहर जाग्नु सायद उति आश्चर्यपूर्ण कुरा होइन होला । त्यतिबेला अहिले जति धेरै आत्मवृत्तान्तहरु थिएनन् । पछिल्लो समयमा सबैलाई किताब लेख्ने रहर जागेपछि न हो आत्मवृत्तान्तको ओइरो लागेको । आत्मवृत्तान्त लेखनका लागी सबैभन्दा सहज विधा होला । आफ्ना बारेमा जे लेखे पनि त भयोः सफाइ दिन पाइयो, दोष लाउन पाइयो, भेद खोल्न पाइयो, दुःख बिसाउ...