Posts

Showing posts from July, 2016

दिवंगत सपनाहरुः ओलीको बहिर्गमन

Image
के होला कसो होला भनेर अनेकौँ अड्कलबाजी गर्दै गर्दा ओली सरकार पनि अन्ततोगत्वा ढलेको छ । ९ महिने सासन अवधिमा केही अपजस र धेरै वाहवाही बटुलेको ओली सरकार अन्ततः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढल्मलाउन थालेको हो । विगतमा शुशील कोइराला सरकारसँग प्रधानमन्त्रीत्वमा पालो पैँचो गर्ने गरेर भएको भनिएको ‘भद्र’ सहमतीको कार्यान्वयन हुन नसकेपछि नेकपा एमाले, तात्कालीन एमाओवादी, कमल थापा नेतृत्वको राप्रपा, लगायतका अन्य थुप्रै साना दलहरुलाई काँधमा बोकी ओली सरकार गठन हुन गएको थियो । यो गठबन्धन देशको लागी एकदमै महँगो सावित भयो । जति धेरै दलहरु सरकारमा सामेल हुन्छन् त्यति नै धेरै पदलोलुपहरुको झुण्ड बढ्छ । ती सबै आकांक्षीहरुको मन राख्न अनेकौँ लज्जस्प्द खेलहरु सुरु हुन्छन् । त्यसै अनुरुपका खेलहरु यो सरकार चलाउनका निम्ती पनि भए । सरकार चलाउनकै निम्ती छ–छ जना उपप्रधानमन्त्री यसै सरकारमा देखिए । त्यसका साथसाथै मन्त्रीपद पु¥याउनकै लागी मन्त्रालय टुक्रयाउने कामहरु पनि भए । कहिल्यै कार्यकारी पदमा नपुगेका चित्रबहादुर केसी पनि यो सरकारमा अटाए । राप्रपाले पनि ठूलो भाग पायो । यी सबै अवगुणहर...

‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’: पाठक अनुभुती

Image
शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ पढि भ्याएँ । पारिजात पढ्दा नै उनको किताबमा लेखिएको भूमिकाबाट लामिछानेको रचना पढ्ने मन लागेको थियो । पछि उनको यहि पुस्तकको चर्चा बेलाबेला सुनियो । बुकाहोलिकको चकटी बहसमा पनि नगरकोटीले आफ्ना रचनाहरुमा व्यापक प्रयोग गर्ने गरेको अंग्रेजी पदावलीहरुको बचावमा पनि शंकर लामिछानेलाई अघि सारिएको थियो । ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ उनले वाङ्गदेलको एब्स्ट्रयाक्ट लेखनको अनुरोध पश्चात रचना गरेको निबन्ध हो । यसैको शीर्षकले पुस्तकको शीर्षकको पनि काम गरेको छ । लामीछानेले मान्छेलाई र आफू स्वयंलाई प्याजसँग तुलना गरेका छन्ः पत्रपत्रमा दुर्गन्ध लुकाइ बस्ने प्याज । साहित्य रचनाको औचित्य आफै प्रश्न गर्छन अनि आफै उत्तर दिन्छन्ः  ‘मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरु पनि मन पराउलान, र त्यस मन–पराइको माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्, भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ .... यही हो साहित्य ! ... यही छलकपट, धोका, एक सेलेक्शनको रुप हो, साहित्य !’ लेखनमा सत्यताको सन्दर्भमा फेरी बम्किन्छन्ः ‘कवि, तिमीले अनुभव गरेको भावना हो .....