कांग्रेस महादिवेसनः आशा र निराशा
नेपाली कांग्रेसको महाधिवेशनले दोश्रो पटकको निर्वाचन बाट अत्यधिक बहुमतले शेरबहादुर देउवालाई पार्टि सभापतिमा निर्वाचित गरेपछि देशको सबै भन्दा ठूलो राजनीतिक दलको नेतृत्व कसले गर्ने भन्ने कुराको टुङ्गो लागेको छ । पार्टी नेतृत्वका अर्का दावेदार रामचन्द्र पौडेललाई हराउँदै उनले सभापतिको कुर्सी हात पारेका हुन् । ज्योतिसलाई साइँत देखाएर मनोनयन दर्ता गरेका शेरबहादुर देउवाले कांग्रेसमा लागेको ५२ वर्ष पछि मात्रै पार्टिको सर्बोच्च पद प्राप्त गर्न सफल भएका छन् । पार्टी नेतृत्वकै बखेडामा पार्टी विभाजन सम्मको इतिहास बोकेको नेपाली कांग्रेसमा यो परिवर्तनले २० वर्ष पछि कोइराला परिवारको एकछत्र शासनलाई भंग गरेर सुदूरको छोरोको हातमा नेतृत्व सुम्पेको छ । विं.सं. २०२० सालमा कांग्रेसमा लागेका देउवाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनैतिक जीवनको थालनी गरेका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउबा तीन पटक देशको कार्यकारी पदमा पुगिसकेका भएपनि कोइराला परिवारको एकछत्र राजलाई शुशील कोइरालाको देहावशान पछि मात्रै तोड्न सफल भए । त्यसमा पनि कोइराला परिवारबाट कुनै पनि योग्य (?!) उमेदवारले दावे...