यात्राविराम

भू-मध्यसागरसम्मको यात्रा–६ विहान घण्टी बज्दा कोठाका अरु सबै सुतेका थिए । त्यसैले उनीहरुको निन्द्रा भङ्ग नहोस भनेर मैले हतपत फोनको घण्टी बन्द गरेँ । अघिल्लो साँझ अबेर कोठामा फर्केकाले निद्रा अलि नपुगे जस्तो थियो । एक मनले त भुस भएर अबेर सम्म सुत्न भन्थ्यो अनि अर्को मनले ‘यो मौका फेरी आउला नआउला त्यसैले अवसरको भरपुर सदुपयोग गर’ भनेर अहराउँथ्यो । मन नलागी नलागी ओछ्यान छोडेँ । झ्याल बाट बाहिर हेर्दा अँध्यारो थियो । हामीले एक बजे सम्म विमानस्थल पुग्ने भनेका थियौँ । अनि कोठा चाहीँ विहान १० बजे छोड्नु थियो । त्यसैले मलाई १० बजेसम्म जता पनि घुम्ने छुट थियो । मैले आफूलाई घुम्न मन लागेका सबै १० बजे सम्म घुमी भ्याउनु थियो । मेरो पहिलो रोजाई सहरको दक्षीण भागमा रहेको सान्ट मोन्योइका ( Sants - Montjuïc ) पार्कमा स्थित पहाड चढ्नु थियो । अग्लो चुचुरो भएकोले त्यहाँबाट सम्पूर्ण बार्सेलोना हेर्ने मेरो धोको थियो । समयको अभाव थियो । त्यसैले हत्तपत्त विहानको नित्य कर्म सकेर बाहिर सडकमा निस्किएँ । सहर पुरै सुतेको थियो । सडकमा फाट्टफुट्ट बाहेक मान्छे देखिँदैन थिए । एक त विरानो मुलुकमा त्यो पनि यति ...