देश चिनाउन पाएको दिन

कुरा हो जर्मन भाषाको कक्षाको । विश्वविद्यालयका नियमित कक्षा सुरु हुनु पूर्व जर्मनीमा रहँदा बस्दा आवश्यक पर्ने जर्मन भाषाको ज्ञान होस् भन्ने उद्देश्यले विश्वविद्यालयले निःशुल्क जर्मन भाषाका कक्षाहरु संचालन गरेको थियो । सो कक्षा अन्तर्गतको अन्तिम दिन हामी सबैले आफ्नो देशको बारेमा एक प्रस्तुती राख्नु पर्ने थियो । पावरप्वाइन्टमा देशका बारेमा जति हुनसक्छ जानकारी समावेश गरेर जर्मन भाषामा सबै सामु भन्नु पर्ने थियो । प्रस्तुतीका बारेमा सुनेको दिन देखि नै आफूलाई कसरी हुन्छ देशका बारेमा बढि भन्दा बढि जानकारी दिन पाए हुन्थ्यो भन्ने लागेको थियो । एक त सानो देश त्यसमाथी एशियाका दूई ठूला शक्ति राष्ट्रहरुको चेपुवामा परेको देश भएकाले नेपाललाई कमैले मात्र चिन्दथे । यहाँका मानिसका लागि नेपाल भारतको कुनै सहर हो अथवा चिनको नियन्त्रणमा रहेको तिब्बत जस्तै भूमी हो भन्ने भान छ । नहोस् पनि किन ? गौतम बुद्ध कहाँ जन्मेका हुन् भन्दा भारतले भारतमा भनि सबैलाई बताउँछ । त्यस्तै सगरमाथा कहाँ पर्छ भन्दा चाइनाले चाइनामा भन्दै सबैलाई बताउँछ । त्यस्तो कुरा सुन्दै आएकाहरुलाई सगरमाथाको देशबाट आएको वा गौतम बुद्धको ...