Posts

Showing posts from July, 2012

किरियापुत्रीका प्रश्नपूर्ण मुहारले उचालेका विचारका छालहरु

Image
सामाजिक संजालका माध्यमहरु अचेल मनोरञ्जनका लागि मात्रै नभएर आफ्ना विचार प्रकट गर्ने अनि अरुले प्रकट गरेका चाखलाग्दा विचारलाई आफ्ना साथीहरुमाझ साँटा साँट गर्ने माध्यमको रुपमा विकसित हुँदै गएको छ । देशको राजनीतिप्रतिको वितृष्णा देखि लिएर समाजमा व्याप्त तमाम कुरीति र कुसंस्कारहरुका बारेमा आवाज बुलन्द पार्ने र सबैलाई सचेत गर्ने कार्यमा पनि सामाजिक संजालका माध्यमहरुले मनग्गे सहयोग गरेका छन् ।  भर्खरै मात्र फेसबुक नामक हालको सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालमा एकजना किरियापुत्रीको तस्वीरले धेरैको ध्यान तान्न सफल भएको छ । सेतो वस्त्रमा बेरिएकी, केही दुःखी लाग्ने उक्त किशोरी आग्रहपूर्ण दृष्टिले हेरिरहेकी देखिन्थिन् । तस्वीरको माथिपट्टि तस्वीरलाई साथीभाइमाझ फेसबुक बाटै बाँडेर कुसंस्कार विरोधी सन्देश फैलाउनमा मद्दत गर्ने आग्रह गरिएको थियो ।  सो तस्वीर मैले पनि फेसबुकमा बाँडेको थिएँ । त्यसैक्रममा मेरो मित्रहरुको सुचीमा भएकी एक विदेशी महिला रोजा टी ताएमोराले मलाई तस्वीरमा देखाइएकी महिला दुःखी हुनुको कारण सोध्न पुगिन् । धनगढीमा हुँदा उनीसँग भेट भएको थियो । सरकारी विद्यालयहरुमा अं...

नेपाली भाषामा अंग्रजी प्रभावः पानी माने वाटर

‘सर झ्याउँकिरी भनेको के ?’ एक विद्यार्थीले परीक्षा दिँदादिँदै सोध्यो ।  ‘जुनकिरी हो ।’ मैले भने ।  आफ्नै जवाफमा विश्वास लागेन । हो कि होइन भन्ने भयो । त्यत्तिकैमा नेपाली विषयकी एक शिक्षिका आइपुगिन् ।  उनले भनिन्, ‘झ्याउँकिरी बेग्लै खाले किरा हो ।’  ‘भनेपछि उही जुनकिरीकै काका भतिजाको सन्तान हैन त ?’ मैले आफ्नो अनभिज्ञता लुकाउनलाई व्यंग्यको साहरा लिएँ । एकछिनलाई हाँसोको माहोल बन्यो ।  त्यत्तिकैमा नेपालीका अर्का शिक्षक आए र सोधे, ‘कसले हो झ्याउँकिरीको अर्थ सोधेको ? It is a kind of insect.’ भनी अथ्र्याए । कुरा नेपाली विषयको एक परीक्षा हुँदै गर्दाको हो । विद्यर्थीहरुलाई नेपाली शब्दको अर्थ जान्न हम्मे हम्मे पर्दैथ्यो । नेपाली शिक्षकले अंग्रेजीमै अथ्र्याएर भएपनि भरसक बुझाउने प्रयास गरिरहेका थिए । मैले पनि उनीहरुले सोधेका शब्दहरुको अंग्रेजी उल्था गरिदिएँ । उनीहरुले अंग्रेजी शब्दहरुलाई सहजै ग्रहण गरे । मलाई कस्तो कस्तो अप्ठेरो लाग्यो । नेपालीलाई नेपालीका शब्दको अर्थ अंग्रेजीमा लाएर बुझाउनु पर्ने । यो कस्तो विडम्बना ? नेपाली विषय शिक्षकले नेपाली विद्यार...