तिमी नहुँदा के के होला ..............


तिमी नहुँदा के के होला ?
जीवन यो रहिरहला
घाम उदाइ रहला
रात सँधै त्यसै पर्ला
कहिले काहीँ यादमा तिम्रो
आँखाबाट आँशु झर्ला

तिमीसँगै हिँड्ने गरेका
गल्ली अनि दोवाटोहरुमा
काँधमा काँध हातमा हात
तिम्रो साथ नपाउँदा
आँखाहरु रुझ्न खोज्लान्
पाइला केही मन्द होलान्

तिमी नहुँदा के नै होला ?
जीवन यो रहिरहला
घाम उदाइ रहला
रात सँधै त्यसै पर्ला
कहिले काहीँ यादमा तिम्रो
आँखाबाट आँशु झर्ला

जीवनका अप्ठ्यारा पलमा
गोडाहरु अल्झेर लड्दा
सम्हाल्ने तिम्रो हातहरु
नपाउँदा नआउँदा .....
एक्ला चीसा रातहरुमा
कोल्टे फेर्दा तिमी नपाउँदा
ढुक्ढुकी यो बढि रहला
निदरीले बिदा लेला

तिमी नहुँदा के के होला?
जीवन यो रहिरहला
घाम उदाइ रहला
रात सँधै त्यसै पर्ला
कहिले काहिँ यादमा तिम्रो
आँखाबाट आँशु झर्ला

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय