दिव्य उपदेशको प्रकाशमा पृथ्वीनारायण शाह

यो किन्डलमा निकै अघि देखि भए पनि पढि हालौं भन्ने थिएन । शिलान्यास र Fatalism and Development को चर्चा हुंदै गर्दा यो किताब पढ्नै पर्ने आइ लाग्यो । एउटा किताब पढ्ने राष्ट्रवादी हुने र अर्को पढ्ने वा प्रशंसा गर्ने डलरवादी र पश्चिमाको दलाल हुने भाष्य पछि यो किताब पढ्ने मेसो मिल्यो । पृथ्वीनारायणले मृत्यु अघि भनेका सन्देशहरुलाई नै दिव्य उपदेश नामाकरण गरिएको हो । तिनै सन्देशकै प्रकाशमा पृथ्वीनारायण शाहको व्यक्तित्व बुझ्ने प्रयास यो किताबले गरेको छ । खासमा यो स्नातकोत्तरको शोधपत्र (थेसिस) हो जो पञ्चायत कालमा तयार गरिएको थियो । सायद विदेशी लेखक हुनाले त्यो बेलामा पनि यो किताबमा केहि फरक विचार सम्म अट्न पायो । किताबको रोचक पक्ष भनेको यसले पृथ्वीनारायणले राज्य विस्तारका क्रममा गाभेका वा जितेका राज्य मध्ये मकवानपुरको इतिहास विस्तृत रुपमा राखिएको छ । बुटवल देखि हालको प्रदेश नं १ सम्मको राज्य कसरी नेपालमा गाभियो भन्ने पृष्ठभूमी यसमा छ । मकवानपुर अन्तरगत नै पर्ने विजयपुर (मोरङ) को सम्बन्धमा पनि यसमा केहि जानकारीहरु छ । हालको मधेस नेपालमा कसरी गाभियो भन्ने पनि यसमा छ । अंग्रेज...