Posts

Showing posts from November, 2020

कुमारी प्रश्नहरु पढ्दाका अनुभुतिहरु

Image
  सुत्न अघि अलिकति पढौं भनेको नीद हराम भयो । लेखिका पनि बोल्दा हाॅस्ने अनि हाॅस्दा गालामा खोपिल्टा पर्ने भएर त्यसै मन परेकी थिइन् । लेखनी झन् कडा ! त्यो कनिकुथी कथा बनाए भन्दा पनि कथा भएरै लेखे जस्तो । कथाको मोडहरु पनि अप्रत्याशित । यस्तो होसा भन्यो फ्याट्टै अर्को भइदिने ! मोबाइलमा कथासंग्रह पढेर सिध्याउनु निकै सकसपूर्ण रह्यो । अरु भन्दा पनि एकाग्रता भंग गर्ने थुप्रै कुरा मोबाइलमा हुने हुनाले त्यसो भयो । जे होस् आज पढेर भ्याइयो । त्यसैले किताबका हकमा केहि खेस्रा लेखिहाल्न मन लाग्यो । नेपाली भाषामा किशोर साहित्यका किताव उति छैनन् । हुन त यो कथासंग्रहले पनि निश्चित उमेर समूहका लागि भनेर तोकेको छैन । तर यसको कथाहरु पढ्दा किशोर साहित्य अन्तर्गत राखिनु पर्ने जस्तो लाग्यो ।  किशोर साहित्य मैले सोचेको वर्गिकरण हो । नत्र संग्रहलाई सामाजिक कथा संग्रह भनिएको छ । कथाका थप कुरा खुलाउॅदा पढ्दाको कौतुहलता नरहला भनेर लेख्न मन लागेन । एउटा विवाह पूर्व सक्रिय यौन जीवन बांचेकी किशोरीले सुहागरातमा कुमारित्वको प्रमाण स्वरुप रगत कसरी र किन पेश गर्छे भन्ने विषय बोकेको "रगत" कथा सामाजिक कथाको साथसा...