Posts

Showing posts from October, 2020

अम्बेडकरको Annihilation of Caste

Image
  Annihilation of Caste डा. भिमराव अम्वेडकरले जातपात तोडक मण्डलको कार्यक्रमका लागि तयार पारेको तर प्रस्तुत गर्न नपाएको भाषण हो । अम्वेडकर भारतको संविधान लेख्ने व्यक्ति हुन् र दलित आन्दोलनका एक चिनिएका नाम हुन् । बुकाहोलिक्स समूहमा प्रकाशित समीक्षाले यो किताव पढ्ने ईक्षा जगाएको हो ।  यो किताबले गान्धीप्रतिको धारणा परिवर्तन गर्छ । जातीप्रथा बुझ्न अझै मद्दत गर्छ । प्राय धेरैले मनुस्मृतिलाई जातभातको विभेद सुरुगर्ने ग्रन्थको रुपमा हेर्छन् । तर गौतम धर्मशुत्रको खासै चर्चा हुंदैन । यो त्यो ग्रन्थ हो जसमा दलितले वेद सुन्दा इस्पात पगालेर कानमा हाल्नु भन्ने लिखित कानुन बनाएको छ । त्यस्तै गौहत्यालाई दलित हत्या भन्दा ठूलो अपराध पनि यसै किताबले कायम गरेको छ । जात अनुसार अपराधको दण्डको व्यवस्था पनि यसैमा छ । यो पुस्तकमा गौतम धर्मशुत्र देखि अन्य हिन्दु ग्रन्थहरु र तिनले जातीय विभेद कायम गर्न खेलेको भूमिकाको चर्चा छ ।  दलितहरुलाई हरेक किसिमले शोषण गरिएको र त्यसको अन्तको लागि गरिएका प्रयासहरु पनि गान्धी जस्ता व्यक्तित्वका कारण असफल बनाइएको प्रसंगले हामीले जानेको इतिहासलाई प्रश्न गर्न कर ल...