Posts

Showing posts from June, 2020

नविन विभासको रोल्पा सुईना

Image
खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफे देखि सगरमाथाको गहिराई सम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो रोल्पा सुइना । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरु भन्दा राम्रो भनेपछि त नपढि धरै पाएन ।  कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केहि कृति भन्दा लेख्ने बढि मन पर्छन् । नविन विभासको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरु त हेरि रहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरु युट्युबमा निरन्तर हालि रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो ।  लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य सम्म पुगेको थिएँ । यदि लाटो पहाड पढ्नु भएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस् गज्जब हुनेछ । पढि सकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुर...