कथा लाग्ने यथार्थहरुको संकलन: यज्ञशको भुइयाॅ

यो पुस्तकका बारेमा धेरै पहिले गज्जब प्रतिक्रिया लेख्ने भनेर डाॅडाकाडाॅ पुगेर फोटो समेत खिचेको थिएं । तर योजनाहरु व्यवहारमा नउतार्दा जति सुकै राम्रा भए पनि अर्थ नहुने रहेछ । त्यसैले आज जस्तो सकिन्छ त्यस्तै लेख्ने केसिस गर्दैछु । भुइयाॅ नाम सुने देखि नै खुब पढ्न मन लागेको थियो । भुइंयाॅका लेखक यज्ञशका बारेमा नगरकोटीका किताबमा खुब पढिएको पनि थियो । अध्ययनशील नगरकोटीले चर्चा गर्ने व्यक्तिको लेखनप्रति लोभिनु अचम्म लाग्ने कुरा त हुॅदै होइन । त्यसमाथि यो पुस्तक प्रतिका सक...