किताबको कथाः राज सरगमकाे छाउघर

कहिले काहिँ त पढेको कुराको बारेमा किन लेख्नु प¥यो जस्तो लाग्छ । तर फेरि सोच्छु पढेको बेलामा भन्दा पढेको लेख्दै गर्दा किताबका धेरै कुराहरुबारेमा मन्थन गर्ने मौका मिल्छ । त्यस्तै पढेकाबारे कुरा गर्दा पढ्न मन लागेकाहरुका लागी पनि पढ्ने वा नपढ्ने भन्ने बारे निर्णय लिन सघाउ पु¥याउन सक्छ । हुन त पुस्तक मन पर्नु वा मन नपर्नु व्यक्तिगत रुची र स्वादको विषय पनि हो । र पनि एउटा आधार त बन्छ नै । मेरै हकमा पनि कतिपय अवस्थामा पुस्तक पढ्ने निर्णयमा पुग्न अरुका पुस्तक प्रतिको टिप्पणीले काम गरेको छ । पढ्छु भनि ल्याएका र नपढेका पुस्तकहरु पनि सोको चर्चा चल्दा पल्टाएको छु । त्यसैले पुस्तक चर्चा गरिरहन मन लाग्छ । फेरी लेखनमा रुचि भएकाले यो एक लेखनको अभ्यास जस्तो पनि हुन्छ । आमीर खानको सत्यमेव जयतेमा मर्दपन कसरी पुरुषका लागी हानिकारक हुन्छ भन्ने कार्यक्रममा कमला भासिनले भनेका कुराहरु आज पर्यन्त पनि मनमा घुसेका छन् । धेरै पटक हेरेको सो कार्यक्रमले मलाई महिलावादी साहित्य तिर आकर्षित गर्नुका साथ साथै धेरै अन्य कुराहरु प्रति पनि संवेदनशील बनाएको थियो । विवेक ओझाको ऐलानी, सरस्वती प्रतीक्षाको नथिया, भर्जि...