वेग, शाह, र अन्सारीः किन रोकिन्न अपराधका सृंखलाहरु ?

भारतीय आपराधिक सञ्जालका नायिके दाउद इब्राहिमका नजिकका सहयोगी र कतिपय समाचारमा उनका दायाँ हात सम्म भनिएका युनुस अन्सारी यस पटक फेरि पनि समातिएका छन् । हाल सम्मकै ठूलो परिमाण, ७ करोड ६७ लाख ९४ हजार, बराबरको नक्कली नोट सहित समातिएका अन्सारी कतारबाट उडेको कतार एयरवेजको विमानबाट आएका ३ जना पाकिस्तानी नागरिकलाई लिन गएको अवस्थामा समातिएका हुन् । भारतको चुनाव सकिए लगत्तै फेला पारिएको २ हजार दरको नक्कली नोटको यत्रो ठूलो परिमाणले ठूलो हलचल नै मच्चाएको छ र त्यसमाथि पहिले देखि नै परिचित व्यक्ति मार्फत भित्रिनुले नेपालको सुरक्षा स्थितिप्रति पनि सर्वसाधारणको शंका बढाएको छ । वि.सं. २०६५ साल पुस १८ मा त्रिपुरेश्वरको होटेल ब्लुवर्डबाट २४ लाख ४४ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारीले जेलमै रहँदा पनि नक्कली नोटको कारोवार जारी राखेका थिए । अन्सारीले जेलबाटै बनाएको योजना अनुसार २०६७ असोजमा नेपाल भित्र्याइएको ४० लाख ९० हजार बराबरका जाली नोटहरु विमानस्थलमै पक्राउ परेको थियो । ०६५ देखि ४ वर्षको सजाय काटि रहेका अन्सारी ०७० को असोजमा छुटेको ३ महिना पछि माघमा फेरी पनि भारतीय नक्कल...