हिजो आजका कुराः बजेट, मधेस, समान नागरिकता

गएका हप्ताहरुमा देशमा निकै महत्वपूर्ण घटनाहरु घटे । सरकार परिवर्तनको १२ घण्टे दौड, बजेट प्रस्तुती, लगायतका घटनाहरु सम्बन्धी पोष्टहरुले फेसबुकका पानाहरु भरिभराउ रहे । बजेटको समर्थन र विरोधमा व्यक्त अनेक विचारले पनि सोझा साझालाई अलमलमा पारि रह्यो । सबैले आ–आफ्नो पूर्वाग्रहमा आधारित रहेर बजेटको विवेचना गरि रहेका थिए । कसैले ट्रेड यूनियनको चूनावलाई प्रभाव पार्न ल्याइएको बजेट भने त कसैले सस्तो लोकप्रियताका लागी ल्याइएको महत्वाकांक्षी बजेट । केहीले यो बजेट धेरै पछि समयमा असार अगावै आएको बजेट भएकाले कार्यान्वयनका लागी यथेष्ट समय भएको भनी भनेर केहि आशा थप्ने काम गरे । व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई यो बजेटले समेटेको जीवनविमा, विद्यार्थीलाई ऋणको व्यवस्थ यति मन पर्यो कि यसको कार्यान्वयनको चिन्ता बाहेक अरु कुराले त्यति छोएन । हामीले महत्वाकांक्षा विहिन भएर बसेको र गास, बास अनि कपास भन्दा माथि नसोचेको धेरै भयो । यसपटक रेल, जहाज, पाइपमा ग्यास, हावाबाट बिजुली, लोडसेडिङ्ग मुक्ती, आदि कुराहरु एकै पटक आए । यो सब भोकाएको मान्छेले सित्तैमा खान पाउँदा पेटमा अटाउने भन्दा बढि खाएको जस्तै भयो । अ...