ओलीको बोली
अरु देशमा प्रधानमन्त्री हुनु सम्मानजनक कुरा होला नेपालमा प्रधानमन्त्री हुनु भनेको गाली खाने बाटो मात्रै हो । सामाजिक सञ्जालमा प्रकाशित हुने व्यंग चित्रहरुलाइ हेर्ने हो र त्यसका मुनितिरका आपत्तीजनक गालीगलौजलाई पढ्ने हो भने नेपालको सबै भन्दा उच्च कार्यकारी पद भनेको प्रधानमन्त्रीको पद हो भन्ने लाग्दैन । यो ओलीका बेलामा मात्रै होइन विगतका प्रधानमन्त्रीको पालामा पनि भएका कुरा हुन् । सायद नेपालीहरु अलि बढि नै अपेक्षा राख्ने हुनाले होला नेपालीले जिउँदो रहुञ्जेल कुनै पनि प्रधानमन्त्रीको उचित सम्मान गरेनन् । अझ कतिका त मृत्युपर्यन्त पनि शालिकहरु ढालिए । विरोध गर्नु वा प्रतिवाद गर्नु एउटा कुरा तर अपाच्य गालीगलौज गरेर तथानाम गर्नु अर्को कुरा । ‘ओलीको बोली’ सबैबाट तथानाम पाउन थालेपछि केहि लेखौँ कि भनेर यो जमर्को गर्दैछु । ओलीले पहिले पनि बोल्थे । चोटीलो बोल्ने अनि व्यंग्य मनपराउने भएकाले उनको राजनीतिक आस्थाको वेवास्था गर्दै मैले उनलाई मन पराउँथे । हुन त विगतमा मैले माओवादीको प्रशंशा गर्दा मलाई माओवादी भन्नेहरु पनि छन् । तर मेरो राजनीतिक आस्था अनि धार्मीक आस्था मेरो व्यक्तिगत कुराहरु भएकाले म फ...