परदेशको दशैँ (नाटक)

युवक अघिल्लो दिनको कामले लखतरान भएकोले अबेर सम्म बिछौनामा सुतेको छ । मोबाइलको अलार्म बेलाबेला बन्द गर्दै कोल्टे फेरिरहन्छ । उसलाई आज पनि काममा जानु छ । हिजो अनि अस्ती जस्तै । ऊ बसेको देशमा उसको चाड कसैले मान्दैन अनि उसको देशमा मनाइने चाडमा ऊ रमाउँदैन । वर्षौ देखि यस्तै चल्दै आएको छ । युवकः ओ हो १० पनि बज्न लागेछ । निद्राले लट्ठिएको स्वरमा अड्कँदै अड्कँदै बोल्छ । एकछिन बिछौनामै घोप्टो परेर मोबाइलमा फेसबुक चलाउँछ । सबैले दशैँको शुभकामना अनि फोटोहरु राखेको देखेर एकछिन खुशी हुन्छ । यो दशैँको शुभकामना भन्ने शुभकामना सन्देश बज्छ । युवक अझै खुशी हुन्छ । युवकः दशै आएछ है ! आफ्नो त यस्तै हो । फेसबुकका फोटोहरु हे¥यो, लाइक अनि कमेण्ट ठोक्यो, रमायो । ‘स बै ला ई द शैँ को हा र्दि क मं ग ल म य शु भ का म ना । स बै को जी व न फ लो स फु लो स अ नि ने पा ल मा स्था ही शा न्ती आ ओ स् ।’ लौ जा मैले नि पोष्ट गरिदिए । एकछिन पछि उस...