Posts

Showing posts from April, 2015

प्रबासबाट फर्कँदा

लामो समयपछि नेपाल फर्कँदा एक किसिमको अपेक्षाहरु हुँदो रहेछ । मनले एउटा छुट्टै कल्पनाको संसार बनाएको हुँदो रहेछ । वास्तविकता त्यो कल्पनासँग मेल नखाँदा एक किसिमको निराशाले ठाउँ पाउँदो रहेछ । एक मनले त भन्छ भएभरका निराशाहरु पोखाँै । तर फाइदा के ? निराशा लेखेर म पनि निराश हुन्छु, पढ्ने पनि निराश हुन्छन् । फेरी देशको परिवर्तनकामी पार्टीका अध्यक्ष कमरेडले ‘निराशा बाँडेर क्रान्ति हुँदैन ।’ भनेर भनेको सुनेदेखि उनको भनाइ प्रति एक किसिमको सम्मान प्रकट गर्न मन लाग्छ । हुन पनि निराशा बाँडेर परिवर्तन हुने त केहि होइन । पलायनवादी सोचले मात्रै बढावा पाउने हो । त्यसैले विदेशमा केहि समय विताएर नेपालमा त्यहि सेवासुविधाको अपेक्षा राख्दा नपाएको झोकमा देशलाई सराप्ने भुल गर्नुको साटो म नहुँदा समाजमा भएका सकारात्मक परिवर्तनका बारेमा भने केहि लेख्न चाहन्छु । अढाइ वर्ष लामो विदेश बसाइका क्रममा विकसित भन्दा विकसित मुलुकहरु देख्न पाएँ । फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, जर्मनी, र अमेरिकाका विभिन्न सहरहरुमा भ्रमण गर्दा प्रथम विश्व भनेर चिनिने समाजले मारेको फड्कोको साक्षात्कार गर्न पाइयो । सँगैको छिमेकी चीनको प्र...