Posts

Showing posts from June, 2014

प्रबास र काम

Image
“जर्मन भाषा बोल्न आउँछ ?” मैले प्रश्न सोझ्याएँ । “अँहँ ।” एकछिन छेऊकोसाथीसँग मुखामुख गरेर हाँस्दै र लजाउँदै उत्तर दिई । “त्यसो भए त भाँडा माझ्ने काम मात्रै पाइन्छ ।” मैले उल्याउनलाइ भनेँ । “त्यो त गरि हालौँला नी । बरु भाँडा पो कत्रा माझ्नु पर्ने हो ?” छेउकीले ठट्टा गर्दै सोधी । “डराउनु पर्दैन । त्यहाँ त भाँडा माझ्ने पनि मसिन  हुन्छ रे !” हाँस्दै भनेँ । अनि आफ्नै पीर लागेर आयो । म जर्मन दूतावासमा प्रवेशआज्ञा आवेदनका लागी पालो कुरेर बसीरहेको थिएँ । म जस्तै आशा र डर मिश्रित भावना बोकेका देश छोड्ने युवा जमात त्यहाँ उपस्थित थियो । हामीहरुबीचमा यस्तैयस्तै कुराकानीहरु भइरहेका थिए । नेपाल छँदा विदेशमा गरिने कामका बारेमा उति राम्रो सोच कमैले राख्छन् । विदेश जाने नेपालीहरु प्राय विना कुनै विशेष तालिम विदेश पस्ने हुँदा उनीहरुले पाउने कामहरु प्राय शारीरिक श्रममा आधारित कामहरु हुने गर्दछन् । निर्माणका काममा ज्याला मज्दुरी, होटेलहरुका भान्छामा भाँडा माझ्ने, वस्तुभाउ चराउने, कारखानामा मज्दुरी, आदिलाई नै बढि प्रचलित कामहरुका रुपमा लिइन्छ । यी सबै कामलाई हामी तल्लो स्तरको काम भन्ने संज्ञ...