Posts

Showing posts from May, 2012

सुदूरपश्चिम पर्यटन विकासमा देखिएका सम्भावनाहरु

Image
सुदूर पश्चिममा पनि नेपाल भ्रमण वर्षको धेरथोर असर परेको अवश्यै हो । यसै असरका कारणले होला सबैले आफूले भ्याए सम्मका योगदानहरु पु¥याउन सबै तल्लीन देखिए । आ–आफ्नो स्थानवाट योगदान पु¥याउने क्रममा सुदूरपश्चिममा जन्मेका एक होनहार युवा नवराज रोस्याराले विदेशमा रह“दा पनि सुदूरपश्चिमका बारेमा सोच्न विर्सेनन् । उनी जर्मनीमा गणित विषयमा विद्यावारिधी हा“सिल गरिरहेका छन् । विदेशमा शिक्षा आर्जनको उद्देश्यले गएका भएपनि आफ्नो देशमा भ्रमण वर्ष आयोजना गर्न लागिएको जानकारी पाउने बित्तिकै जर्मनी मै रहेका आफ्ना केही साथीहरुलाई समेटी उनले नेपाल भ्रमण वर्ष २०११ का क्रममा आफ्नो जन्मभूमी आफ्नो थाकथलो भ्रमण गराउने सोच बनाए । त्यही सोच अनुरुप उनी आफ्ना जर्मन साथीहरुका साथमा सुदूरपश्चिमको भूमिमा पाइला टेके । सुदूरपश्चिमलाई नै गन्तव्य बनाएर हिडेका विदेशी पर्यटकहरुका साथ प्रवेश गरेका उनले सुदूरपश्चिमा पर्यटक आगमन सम्भव छ भनेर देखाइ दिए ः आवश्यक्ता छ त सामुहिक प्रयासको अनि उचित प्रचार प्रसारको । हामी मध्ये धेरैले समस्याका कुराहरु गर्छौ समाधान कसैले सोच्दैनौ“ । हामीले देखेका समस्याहरुबीच नै समाधानका शुत्रह...