Posts

Showing posts from November, 2010

Gajalharu

गजल–१ देश र जनताको नारामात्र, खेल सत्ताको हो सहमती र बहुमत गफै त हो मुद्दा भत्ताको हो निमुखा र गरिवीमा पिल्सिएकालाई के गणतन्त्र सवाल त गास, बास र जीउ ढाक्ने लत्ताको हो दिनहु“का तारे होटलका, वार्ता अनि भेट देशको धनमा आ“खा गाड्ने दुष्ट जत्थाको हो नेता के नेता हुन् ? विदेशीका गुलाम पो त बोली इनका तर आदेश दिल्ली–कलकत्ताको हो दुई सय पा“च लुट्थे पहिले छ सय एक भए अचेल भित्रि गुदी सबै उही फरक केबल गत्ताको हो गजल–२ दोष जति सार्न जानेछौ बधाइ छ तिमीलाई आफ्ना लाई टान जानेछौ बधाइ छ तिमीलाई सफलता जति आफ्नो नाउमा खोट अरुकामा खाल्डो भित्र पार्न जानेछौ बधाइ छ तिमीलाई यो संसारमा बाँच्ने भयौ खोस्न जानेपछि अर्का अंश मार्न जानेछौ बधाइ छ तिमीलाई मतलब हुँदा सम्म पुज्ने त्यसपछि खैः को हो ? गर्या बाचा हार्न जानेछौ बधाइ छ तिमीलाई जस्ले पनि खेद्ने रैछ ओरालोको मृगलाई छाँगाबाट झार्न जानेछौ बधाइ छ तिमीलाई गजल–३ छ्यापछ्याप्ती भेटिने हजारमा खोजीछौ बिकाउ हुँ र मलाई तिम्ले बजारमा खोजी छौ हृदयमा हेरेको भए भेटिन्थे होला सायद विज्ञापन म कहाँ हुँ र ? अखबारमा खोजीछौ आकाश छानो सम्झी हिँड्ने म जस्तो दिवानालाई आल...