आल्प्सहरूमा चुली पछ्याउँदै

केहि महिना अघि एउटा भिडियो टिकटकमा हेर्न पुगेको थिएँ । सृजनासिज्जु नामको खाताबाट कर्णालीका फाँटका मनोरम दृश्य देखाउँदै आंशु झार्दै गरेको भिडियो थियो । त्यस्तो सुन्दर ठाउंमा पनि अभाव र गरिवी हुनुले उनको मन रोएको थियो । त्यसै भिडियो हेरेको आसपासको समयमा म केम्प्टनर हुटे सम्म पुगेको थिएँ । युक्रेनयुद्ध सुरु भएदेखि तेलको मुल्यमा भएको वृद्धि र सामानका आयातमा भएको अप्ठ्यारोले गर्दा जर्मनीमा महँगी अचाक्ली बढेको छ । त्यसैबाट राहतका लागि जर्मन सरकारले अपनाएको विभिन्न उपाय मध्ये एक उपाय जुलाई देखि अगस्तको महिनासम्म सार्वजनिक यातायातको भाडा सस्तो बनाएको थियो । छोटो दुरीमा चल्ने रेल जर्मनी भरि ९ युरो तिरेर चढ्न पाइने भएको थियो । अब जर्मनीको उत्तरी कुनाबाट दक्षिणी कुनासम्म आउन छोटो दुरीको ट्रेन प्रयोग ग¥यो भने महिनाको ९ युरो मात्र लाग्ने भएको थियो । धेरै रेल बदल्नु पर्ने र त्यसले गर्दा समय लामो लाग्ने भएकोले टाढाको यात्रा त्यति सहज नभए पनि नजिकैको यात्रा भने निकै सहज बनाएको थियो । त्यहि सहजताका कारण ओबस्र्टडोर्फ तिरको यात्राको क्रम बढेको थियो । ओबस्र्टडोर्फ क्षेत्र हिम पर्यटन र आल्प्सहरुका लाग...