सुजित मैनालीको शिलान्यास

मलाई यो पुस्तकको बारेमा यसरी लेखौंला भन्ने थिएन । नाम र गाता हेरेर राज्य एकिकरणका बारेमा पढ्न पाइएला भन्ने थियो । कृष्ण धारावासीको झोला कथामा भएका तथ्यगत त्रुटी औंल्याउने देंखि लिएर अन्य अनुशन्धानात्मक लेखबाट परिचित लेखकले नेपाली इतिहासको एउटा प्राज्ञिक किताब लेखेका होलान् भन्ने थियो । तर किताबले बिस्तारै निराश बनाउंदै लग्यो । त्यति हुंदाहुंदै पनि लेखकले किताबमा २८ पाना खर्चेर डोरबहादुरको तेजोबध गरे जसरी चाहिं लेख्दिन । किताबको समय काल पृथ्वीनारायण देखि केपी ओलीको दोश्रो चुना...